यू-१९ एसिया कप : भारतमाथि नेपालको ऐतिहासिक जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७४, सोमबार ०६:२०

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शन मद्तमा नेपाल यू-१९ ले भारत यू-१९ माथि ऐतिहासिक जित हासिल गरेको छ।

मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले भारतलाई हराएपछि समूह ए मा २ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। समूह एम नेपाल भारत र बंगलादेशको समान २ अंक छ। नेपालले अब मंगलबार मलेसियासँग समूहको अन्तिम खेल खेल्नेछ।

नेपालका लागि कप्तान दीपेन्द्रले ब्याटिङमा ८८ रन बनाए भने १८५ रन डिफेण्ड गर्न ४ विकेट पनि झारे। १८६ रनको लक्ष्य पछ्याएको भारतलाई ४८.१ ओभरमा १६६ रनमै अलआउट गर्दै नेपालले शानदार जित निकालेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१