दाँत दुखेर हैरान हुनुभएको छ ? यसरी ठीक पार्नुहोस्

आजभोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन्।

दाँतको उपचार महंगो पनि पर्छ। तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन्।

ल्वाङको तेल
दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ। ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस्। अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ।

खोकीको गोली
खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है।

मजाले दाँत माझ्नुस्
दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ।

काँक्रो
काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ।

टिब्याग
दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ। टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ।

अदुवा
अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस्। त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ।

सोमवार, कार्तिक २७, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री