अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । चेलीबेटी बेचबिखनबिरुद्धको अभियानमा सक्रिय संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरे ।

चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको भन्दै पार्टी प्रवेश गरिन् ।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ पार्टी प्रवेशपछि कोइरालाले भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

सोमवार, कार्तिक २७, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री