यी हुन् केरा खानु पर्ने १६ कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७४, शुक्रबार ०६:०१

मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । केराले तत्काल ऊर्जा दिन्छ । त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ । यही भएर विश्वका प्रख्यात धावकहरुका लागि केरा एउटा महत्वपूर्ण फल हो । तीनवटा केराले ९० मिनेट गरिने कामका लागि ऊर्जाका दिने अनुसन्धानकर्ताहरुले औँल्याएका छन् । तर, केराले ऊर्जा मात्र दिँदैन, यसले हामीमा हुने अधिकांश कमजोरीबाट समेत बचाई दैनिक भोजन प्रदान गर्छ ।

मुटुजन्य समस्यामुक्त : ब्रेकफास्ट, लन्च र डिनरको समयमा एक एक ओटा केरा खाँदा शरीरलाई आवश्यक पोटासियम पर्याप्त प्राप्त हुने र यसले रगत जम्ने समस्याबाट मुक्ति हुने २१ प्रतिशत सम्भावना भएको बेलायती र इटालीका वैज्ञानिकहरुले बताएका छन् । यो अध्ययनलाई अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशन गरिएको छ ।

वैज्ञानिकहरुले विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । दैनिक १६ सय एमजी पोटासयुक्त खानेकुराले पाँच भागमा एक भाग स्ट्रोकको समस्या घट्छ । औसत केरामा करिब पाँच सय मिलिग्राम पोटासियम हुन्छ । पोटासियमको यस मात्राले रक्तचाप घटाउँछ र शरीरमा तरल पदार्थको सन्तुलनमा नियन्त्रण ल्याउँछ । दी न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको यसअघिको एक अध्ययनअनुसार नियमित डाइटका रुपमा केरा खाँदा स्ट्रोकबाट हुने खतरालाई ४० प्रतिशतले घटाउँछ ।

हड्डी बलियो : हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ ।

डिप्रेसनबाट मुक्त : डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।

पीएमएस : मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट आजित हुनुहुन्छ भने पिल्स होइन बरु एउटा केरा खानुहोस् । केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । तपाईंको मुड सकारात्मक बन्छ ।

एनेमिया : उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र एनेमियाको समस्याबाट मुक्त बनाउँछ ।

रक्तचापको समाधान : उष्ण प्रदेशमा अत्यधिक पाइने केरामा पोटासको मात्र अत्यधिक भए पनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने जनाएको छ ।

दिमाग तेजिलो : केरा र दिमागी तेजबीच पनि अनौठो सम्बन्ध छ । नियमित केरा खानको मस्तिष्क तेज हुने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।अमेरिकामा दुई सय जना स्कुले विद्यार्थीलाई ब्रेकफास्ट, ब्रेक र लन्चको समयमा नियमित केरा खुवाई उनीहरुको स्मरणशक्तिलाई सशक्त बनाइएको थियो । पोटासियमयुक्त केराले विद्यार्थीलाई धेरै सचेत गराएको अनुसन्धानहरुले देखाएका छन् ।

कब्जियतको औषधि : उच्च फाइबरयुक्त केराले कब्जियत रोगका लागि औषधि नै हो ।

ह्याङओभ : मदिराको ह्याङओभर भएर हिँडडुल गर्न कठिनाइ भएको छ ? छ भने एक, दुई कोसा केराले नै तत्काल ह्याङओभर हटाइदिन्छ । केरासँग मह मिसाएर खानेबित्तिकै यसले पेटलाई आराम गरिदिन्छ ।

छाती दुखाइमा निको : केरामा एन्टिएसिड तत्व हुन्छ । तसर्थ छाती मुटु पोल्ने समस्या छ भने तत्कालै राहत मिल्छ ।

मर्निङ सिकनेस रोक्छ : गर्भवतीमा हुने वाकवाकी, वान्ता, चक्कर लाग्ने जस्ता मर्निङ सिकनेस रोक्न पनि केरा उपयुक्त हुन्छ । केराले रगतमा सुगरको तहलाई उच्च बनाइदिन्छ ।

लामखुट्टेको टोकाइबाट बच्न : केराको बोक्राभित्रको गुदो शरीरमा दल्दा लामखुट्टले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुुने धेरैको विश्वास छ ।

शान्त बनाउँछ : केरा भिटामिन बीयुक्त भएकाले यसले स्नायुप्रणालीलाई शान्त पार्न पनि सहयोग पु¥याउँछ ।

ब्लड सुगर नियन्त्रण : इन्स्टिच्युट अफ साइकोलोजी इन अस्ट्रेलियाको अध्ययनअनुसार काममा हुने चापले चकलेट र चिप्सलगायतका फास्टफुडमा निर्भर हुने गर्छन् । पाँच हजार अस्पतालका बिरामीमा गरिएको अध्ययनमा अधिकांश मोटा बिरामी बढी तनाव हुने काममा आबद्ध हुने बताएका थिए । सो अध्ययनअनुसार हरेक दुई, दुई घन्टामा कार्बोेहाइडे«डयुक्त खाना खाएर हाम्रो शरीरको ब्लड सुगरलाई नियन्त्रण गर्नुपर्छ र त्यसका लागि केरा पनि एउटा महत्वपूर्ण फल हो ।

अल्सरबाट बचाउँछ : नरम र चिप्लो गुणका कारण कुनै पनि आन्द्रासँग सम्बन्धित असन्तुलनविरुद्ध केरालाई एउटा पोषणयुक्त खानाका रुपमा लिन सकिन्छ । एक त यो फल सजिलै खान सकिन्छ, अर्कोतर्फ शरीरको बढी भएको एसिडिटीलाई तटस्थ बनाइदिन्छ।

तापक्रम नियन्त्रण : अन्य फलफूलको तुलनामा केरा निकै शान्त फल हो। यसले आमा हुन लागेकाहरुलाई शारीरिक र मानसिक रुपमा शान्त बनाइदिन्छ। बच्चा जन्मिँदा मानसिक शान्ति होस् भनेर थाइल्यान्डमा गर्भवतीले नियमित केरा खाने गर्छन्।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०