पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, स्वास्थ्यलाई धेरै फाइदा पुग्नेछ

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । दैनिक कम्तीमा दुई लिटर पानी पिउनैपर्छ । पानी पिउँदा विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्य राम्रो रहन्छ । सही मात्रामा पानी पिउँदा शरीरको मेटाबोलिजम राम्रो बन्छ।

तर सन्तुलन मिलाएर पानी पिउनुपर्छ । थोरै पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कँदैन भने धेर पिउँदा चाहिँ पोषक तत्त्वमा खराब असर पार्छ।

पानी पिउने मात्रा शरीरको तौलअनुसार निर्धारण गर्नुपर्छ । पचास किलो र ७० किलो तौल भएका मानिसको पानीको मात्रा फरक फरक हुन्छ।

आफ्नो तौललाई ३० ले भाग गर्नुस् । जस्तो तपाईंको तौल ६० किलो छ भने ३० ले भाग लगाउँदा दुई हुन्छ। भनेपछि तपाईंले दिनको दुई लिटर पानी त पिउनैपर्छ ।

यो मात्रा तौल घटबढ भएपिच्छे फरक पार्नुपर्छ । कामगराइको हिसाबमा पनि पानीको मात्रा घटबढ हुन्छ।

व्यायाम गर्ने मानिसले धेर पानी पिउनुपर्छ। व्यायाम गर्दा पसिना धेर निस्कन्छ। त्यसैले शरीरमा पानीको कमी रोक्नका लागि केही केही बेरमा पानी पिउनुस्। पानीको साटो फलफूलको रस, कागतीपानी र लस्सी पिउन समेत सक्नुहुन्छ।

शुक्रबार, कार्तिक २४, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री