सालिन र कुशल संगठक युवा नेता क. हेम खड्का (राज) सँगको अन्तरंग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७४, शुक्रबार ०५:१५
१) कहिले देखि राजनीतिमा हुनुहुन्छ  ? आजसम्म आईपुग्दाको सार भनिदिनु न ।
मैले राजनीतिलाई अलि अलि जान्दा सायद ११ वर्षको हुँदो हुँ, मलाई मालेका जिल्लाका साथीहरुले सि.आई.डी अफिसर भन्ने उपनाम दिन्थे । त्यति बेला मैले मेसेन्जरका रुपमा संगठनलाई सुचनाहरु पु¥याउँथें, मैले आफुलाई त्यो बेला हेर्दा निकै चतुर रहेछु ठानें । अहिले ति पात्र दोलखाका कम्युनिस्ट आन्दोलनका खम्बाहरु हुन उनै पूर्व मन्त्री आनन्द पोखरेल र पोलिट व्युरो सदस्य पशुपति चौंलागाईं । भेट्दा मलाई याद आउँछ, ति बचपनका क्षणहरु,
म सानै देखि क. मदनका भाषण र जिवराजको कुशल संगठकको कला कौशलबाट प्रेरीत थिएँ, १३ वर्षको हुँदा म कक्षा ८ मा पढ्दो रैछु, माओवादी आन्दोलन सुरु भईसकेको थियो । गाउँ बस्ती जनवादी गित र संगितले गुञ्जयमान थिए ।
लाग्थ्यो अहिलै उठिहालौं, बन्दुक बोकेर सामान्ती सत्ता विरुद्ध जुटिहालौं, बुर्जुवा शिक्षाको विरुद्ध विद्यार्थी आन्दोलन पार्टीले चलाएको थियो,  मेरो गाउँ क्षत्रपाको क. भिम ब. श्रेष्ठ (अविरल), माओवादी आन्दोलनमा लागि सक्नु भएको थियो उहाँकै नेतृत्वमा म ५४ को फाल्गुनमा विद्यार्थीको एकाई कमिटीको सचिव भएँ, । ५५ तिरै माओवादीले बाल क्लव गठन र सांस्कृतिक कार्यक्रम मार्फत जनता संगठित गर्न लाग्यो । म बाल क्ल्वको अध्यक्ष भएँ, र बाल क्ल्वहरु बिच हामी सांस्कृतिक कार्यक्रमको आयोजना गर्दथ्यौं र जनतालाई क्रान्तीमा आकर्षित गर्दथ्यौं ।
म सँगै पढने साथीहरु धेरै भुमीगत पनि हुनुभयो । क. अविरलले मलाई ध्त् भएर हिंडन पनि प्रेरित गर्नुभयो र पनि म एस.एल.सी को तयारीमा थिएँ, म निरन्तर पढाईमा लागें ।
जव पहिलो संविधानसभाको विघटन भयो मलाई पुनः राजनीतिले पुनरताजगी गरायो, हामीले एउटा राष्ट्रवादी मुभमेन्ट चलायौं । जसमा सबै पार्टीका सदस्यहरु, पूर्व राष्ट्रसेबकहरु, बुद्धिजीवीहरु हुनुहुन्थ्यो ।
त्यतिबेला नेपालमा बैकल्पिक शक्ति, नयाँ शक्ति के के पार्टी पार्टी च्याउ जस्तै पार्टीहरु जन्मिए हाम्रो मुभमेन्टले पनि १ दर्जन भन्दा बढी पार्टीहरु जन्मायो, केहि साथीहरु पछि दोश्रो संविधान सभाबाट सांसद र मन्त्री पनि भए ।
क.किरणले पार्टी विभाजन गरिसक्नुभाको थियो, हामीले अब बाम शक्तिहरुको घु्रवीकरण भनेर ३३ दलिय मोर्चा बनायौं, आन्दोलन पनि चलायौं । पछि किरण कमरेडहरुको गति स्थीर भयो र यहि बिचमा नयाँ क्रान्तीकारी धार  बन्यो क. विप्लबको नेतृत्वमा एकिकृत जनक्रान्तीको नयाँ कार्यदिशा तय ग¥यौं ।
तर भईदियो के भन्दा, क्रान्तीको कार्यदिशा, लक्ष्य प्राप्ती र रणनीति नै अफ्ठेरोमा पर्ने डर भो । क्रान्तीको उत्थान र बैठानबारे मतभेद भयो ।
हामीले अब कम्युनिस्टहरु नेपालमा पहिले जुट्ने अनि समिक्षा, आत्माआलोचना गर्ने र संस्लेसन गर्दै समाजवादी व्यवस्थामा अगाडी बढ्नुको अर्को विकल्प देखेनौं र प्राप्त उपलब्धीलाई रक्षा र उपयोग गर्न संसदिय राजनीतिको मुलधार क. प्रचण्ड सँग आयौं ।
२) तपाईंहरु एकतामा आउनै नपाई बाम एकता भयो नि के भन्नुहुन्छ ? के छ तपाईंको धारणा यसबारे ?
नयाँ पार्टी, नयाँ कार्यदिशा र नयाँ सांगाठानिक संरचनालाई आधार मान्दै, १३ बुँदे सहमतिका आधारमा पहिले माओवादीहरुको धु्रवीकरण र बाम एकता भनेर १० घटक बिच एकता ग¥यौं ।
फेरी पार्टीमा अर्को ठुलो समस्या आयो संगठनको ३९९ को केन्द्रीय कमिटी बनाउने सल्लाहा थियो अब त्यो छ हजारको आयोजक समितीमा पुग्यो । ९९ जनाको त हेडक्वाटर सदस्य रहेको भयो अब ६०० पोलीटव्यूरो भए होलान् ।
मेरो सांगाठानिक संरचना प्रति विरोध नै हो । मेरो नामपनि प्रस्तावित पोलिटव्यूरोको रुपमा त्यहाँ गयो, मैले त्यो अस्विकार गरें । सबै कमिटीहरु भंग गरेर “पार्टी पुनरर्निर्माण” भनेर जोडबल गरें तर त्यस्तै त हुन सकेन ।
त्यहि भद्रगोलतामा क. प्रचण्डले नयाँ गोल हान्नुभयो, राष्ट्रवादी अडान भएका क. केपी ओली सँग पार्टी एकिकरण सहितको कार्यगत एकता ल्याउनुभयो ।
बाम एकता र कम्युनिस्टहरुको धु्र्र्रविकरण एक ऐतिहासिक महान कदम हो, र विश्व कम्युनिस्ट आन्दोलनको पहिलो ईतिहास पनि हो, यद्यपी समस्या र संकाहरु प्रसस्त छन् ।
यो स्वाधिन एकता हो भने, मुलुक अब समृद्धिमा जान्छ । शक्ति आर्जन भए यथास्थीतिबादी हुन्छ । नयाँ जनवादी विद्रोह हुन्छ । राष्ट्रिय मुक्ति आन्दोलनको बटमलाईन बन्छ । म यसकै एक सिपाही हुँ, म खबरदारी साथ ड्युटी गर्नेछु ।
३) आन्दोलन ताका तपाईंलाई पूर्वको रातो ताराको संज्ञा दिए नि ? खास तपाईंले के कारण क्रान्तीलाई छोड्नुभयो ?
हेर्नुस, मैले भनिहालें मलाई मुलुकको भविष्य प्रति एउटै चिन्ता थियो र छ पनि म आज पनि त्यो कुरा भन्न चाहान्छु । राजनीतिलाई उपभोगको माध्यम ठान्नेहरु, यो राष्ट्रका राष्ट्रघातीहरु हुन । जनतालाई गुमराहामा राखेर राजनीति गर्नेहरु यो देशका जनघातिहरु हुन ।
अझै भन्छु सचेतनाको राजनीति दलहरुले सुरु गरेका छैनन । यो जरुरी छ , स्वाधिनता नभए राष्ट्रियता हुँदैन र आत्मनिर्भर नभए समृद्धि हुँदैन । उत्पादन यसको प्रमुख आधार हो ।
एउटा कुरा मैले भनेको थिएँ, बिचारमा पहिले सिमा सिल गरौं, व्यवहारमा गरौं भनेको थिएँ, भाषणमा हैन, कागजमा हैन , अब नतिजामा र परिणाममा रुपानतरण गरौं कम्युनिस्ट सिद्धान्तलाई यसले मात्र यो राष्ट्र र यहाँका नागरिकको भलो हुन्छ ।
सामान्य कुरा म भनौं, आलु उत्पादन नेपालमा हुन्छ, सरकारले आलुको विऊ, पानि, मल उपलब्ध गराउने हो । चिन र भारतबाट आलु किनेर खुवाउने हैन नि ? आफ्नो स्वार्थका लागी कमिसन बेसमा आलु भित्रिन्छ बन्छ मुलुक ?
यहि कुरा भनेको थिएँ, मैले विप्लब माओवादीमा, सरकारलाई यो कुरामा बाध्य बनाउँ, अनि उतपादनमा हाम्रो जोड हुन्छ । कबाडीलाई मात्र नेपालबाट सामान लैजान नदिई सातै प्रदेशमा प्रशोधन केन्द्र खोलौं त,  पहिलो रोजगारी दोश्रो यहीं कच्चा पदार्थ सस्तोमा प्रयोग गर्न पाईयो । यो हो नि क्रान्तीकारी हस्तक्षेप कि ठुलो बम पडकाउनु चाहिं क्रान्ती हो ?
तपाईं सुन्नुस, मैले भनिदिएको हुँ, प्रचण्ड र बाबुरामलाई जनताले राष्ट्रघाती जनघाती भनेर गाली गर्दा रैछन यसको एउटै कारण, बेस्सरी घन आर्जन गरेका छन् मोजमस्ती गरेका छन् जनताका रगतमा होलि खेले यावत । यहाँ प्रचण्डसँग एकरुपैपाँ किन नहोस् जनताले यहि भन्छ, हेर्नुस । त्यस कारण पनि मैले प्रस्ताब गरें , १ रुपैयाँ पनि कम्युनिस्ट पार्टीको सदस्यले आर्जन गर्छ भने त्यसको श्रोत खुल्नु पर्छ र खर्च पनि जनता सामु देखिनु पर्छ । अनि जनताले विश्वास गर्छ पत्याउँछ । यसको लागि जनवादी अर्थनीति लागु गरौं आजै जनवादी केन्द्रीय बैंकको परिकल्पना गरौं र सच्चा कम्युनिस्टको पहिचान सुरु गरौं भनें । उहाँहरु मान्नु भएन बरु खिल्लीमा उडाउनु भयो मैले भन्न बाध्य भएँ, तिमीहरु लुटिल्याउने अनि भुटिखाने हौ, राष्ट्रका लागी केहि गर्दैनौ भन्दिएँ र त्यहाँबाट विदा पनि भएँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१