मार्क जुगरबर्गदेखि बिल क्लिन्टनसम्म, कसरी बने चामत्कारिक ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७४, बुधबार ०५:३०

चर्चित व्ययिक्तहरू जस्तै : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, एप्पलका पूर्वसिइओ स्टिभ जब्स, बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलगायतमा के समानता छ ?
तपाईं यी व्यक्तिलाई मन पराउनुस् वा नपराउनुस्, तर यी सबै चामत्कारिक व्यक्तित्वका धनी हुन् । यस्ता चामत्कारिक नेताहरूले आफ्ना प्रशंसकको विश्वास जित्छन् । उनीहरूको प्रेरणाको स्रोत बन्छन् र उनीहरूलाई धेरैभन्दा धेरै मिहिनेत गर्न प्रेरणा दिन्छन् ।

उसो भए यी व्यक्ति कसरी चामत्कारिक बने त ?

काम गर्ने ठाउँमा चामत्कारिक ‘टिम लिडर’ हुनुले धेरैभन्दा धेरै कामको ग्यारेन्टी हुन सक्छ । यद्यपि, यस्तो व्यक्तित्व जन्मजात पैदा हुने होइन । मानिसले आफूभित्रै विकास गर्दै लैजाने हो । सबैभन्दा पहिलो सर्त हो, आफूसँग कुराकानी गरिरहेको व्यक्तिसँग प्रभावकारी रूपले बोल्ने । भाषणका क्रममा होस् या आपसी कुराकानीका क्रममा, चिठी लेख्दा वा किताब लेख्दा, सबै काम प्रभावकारी ढंगले गर्ने ।
प्रायः राम्रा वक्ताहरू शानदार उदाहरण दिएर, पुराना किस्सा वा चुट्किला सुनाएर अरूसँग अन्तरक्रिया गर्छन् । उनीहरू भाषण दिँदा सुन्नेलाई आफ्नोपन महसुस गर्ने भावना मिसाएर प्रभावित गर्ने कोसिस गर्छन् । कसैले अनुहारको भावबाट त कसैले शारीरिक हाउभाउबाट यस्तो गर्छन् । कसैले दोस्रो व्यक्तिको आँखामा आँखा जुधाएर त कसैले मुस्कुराएर प्रभावित गर्छन्, विश्वास जित्छन् ।
चामत्कारिक व्यक्तिहरूलाई हरेक व्यक्तिसँग निजी भेट गर्नुपर्ने आवश्यकता हुँदैन । उनीहरू टाढै बसेर पनि आफ्नो प्रभाव छाड्न सक्छन् । तर, चामत्कारिक हुनका लागि धेरै कुरा भने चाहिन्छ ।
उदाहरणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले देशका करोडौँ जनतामाझ लोकप्रिय छन् । तर, उनले ती सबैसँग भेटेका छन् भन्ने होइन । तर, आफ्नो भाषण तथा हाउभाउबाट उनले धेरैको मन जितेका छन् ।
एप्पलका पूर्व सिइओ स्टिभ जब्स यो मामिलामा सबैभन्दा अगाडि थिए । उनको भाषण सुन्ने गरेकी ओलिविया फक्सका अनुसार व्यक्तिगत रूपमा जब्सलाई मन नपराउने धेरै कर्मचारी पनि उनको नक्कल गर्न रुचाउँथे । अमेरिका बस्ने ओलिविया फक्सले ‘द मि¥याकल मिथ’ नामक पुस्तक नै लेखेकी छिन् । उनी चामत्कारिक व्यक्तिहरूलाई विभिन्न वर्गमा विभाजन गर्छिन् । उनका अनुसार थुप्रै मानिसहरूसँग ‘स्टार पावर’ हुन्छ । जस्तो– हलिउड अभिनेत्री मर्लिन मुनरो, बलिउड अभिनेता आमिर खान र शाहरूख खान क्यामेराअगाडि राम्रो प्रस्तुति दिएर धेरैलाई आफ्नो फ्यान बनाउँछन् ।
कोही यस्ता चमत्कारी व्यक्तिहरू पनि हुन्छन्, जो अरूको कुरा गम्भीरताका साथ सुन्छन् । दया गर्नेहरू पनि चामत्कारिक मान्छिन् । ओलिवियाले दलाइ लामालाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेकी छिन् । चमत्कारी हुनुको धेरै फाइदा हुन्छ ।
सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार चामत्कारिक व्यक्तित्वलाई आममानिसले धेरै भरोसा गर्छन् । यस्ता व्यक्तिले साथी–साथीबीचको झगडा मिलाइदिन सक्छन् । उनीहरू आफ्ना नयाँ विचारमार्फत साथीहरूमाथि गहिरो प्रभाव छाड्छन् । निजी कुरामा जोखिम लिएर पनि संगठनलाई नयाँ उचाइमा लैजाने सामथ्र्य राख्छन् । फेसबुकका संस्थापक मार्क जुकरवर्ग र एलन मस्कलाई यस्तै व्यक्तिका रूपमा लिइएको छ ।
अनौठो कुरा के छ भने चामत्कारिक व्यक्तित्वका धनीलाई नजिकबाट नियाल्दा उनीहरूभित्र त्यस्तो जादुयमी क्षमता छ भन्ने देखिन्न । यस्ता व्यक्तिहरू शब्दको सही प्रयोगबाट आफ्नो कुरालाई प्रभावकारी बनाउँछन् । सही समयमा किस्सा सुनाउँछन् । सही कुराको तुलना गर्छन् । यस्ता प्रश्न उठाउँछन्, जसले समाजमा हलचल पैदा गर्न सकोस् ।
बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर आफ्नो जोसिलो भाषणबाट सर्वसाधारणको मन जित्थिन् । उनले सन् १९८० मा आफ्नो पार्टीको बैठकमा दिएको भाषण आज पनि यादगार छ । उनले भाषणमा विरोधीहरूमाथि गतिलो हमला गरेकी थिइन् । अमेरिकी नेता मार्टिन लुथर किङले त आफ्नो भाषण दिने क्रममा विरोधीकै मन पगाल्ने गरेका थिए । काला र गोराहरूमा विभाजित अमेरिकीहरू उनको भाषण सुनेपछि सबै दुस्मनी बिर्सेर एक–अर्कामा अंकमाल गर्थे ।
यसरी अन्यमाथि प्रभाव पार्न आफ्नो हाउहाउ, ‘बडी ल्यांग्वेज’ सही हुन जरुरी छ । तपाईंको अन्दाज र अनुहारको संकेत यस्तो होस्, देख्नेले तपार्इंप्रति भरोसा गर्न सकोस् । त्यसपछि मात्रै तपाईं विश्वासिलो बन्नुहुन्छ । यसैकारण हिलारी क्लिन्टनको दाँजोमा बिल क्लिन्टन आज पनि लोकप्रिय छन् । हिलारीलाई सुन्दा उनी लेखिएको भाषण पढ्दै छिन् भन्ने लाग्छ । तर, बिलले भाषण गरेपछि सबैको मन जित्छन् ।
ओलिवियाका अनुसार व्यक्तिले पहिले यो तय गर्न जरुरी छ कि, कस्तो चमत्कार आफूभित्र पैदा गर्न चाहने हो । दोस्रो, व्यक्तिलाई नियन्त्रित गर्ने प्रभाव चाहिन्छ । यसपछि तपार्इंको आत्मविश्वास बढ्न थाल्छ । यसका लागि तपार्इंले मार्सल आर्टको कक्षामा गएर प्रशिक्षार्थीहरूको प्रशिक्षण हेर्न सक्नुहुन्छ । त्यहाँ कसरी प्रशिक्षार्थीले आफ्नो निजी स्पेसका लागि तागत र ज्यान लगाउँछन् भन्ने महत्वपूर्ण हुन्छ ।
अमेरिकी नेता मार्टिन लुथर किङले आफ्नो भाषण दिने क्रममा विरोधीकै मन पगाल्ने गरेका थिए । काला र गोराहरूमा विभाजित अमेरिकीहरू उनको भाषण सुनेपछि सबै दुस्मनी बिर्सेर एक–अर्कामा अंकमाल गर्थे ।
स्रोत : नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०