युएईसँग पराजित हुँदै नेपाल बाहिरियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७४, आईतवार ०७:०२

काठमाडौँ । लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन एसियाकप छनोट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

एएफसी अन्डर नाइन्टिन एसियाकप छनोट फुटबल अन्तर्गत शनिबार भएको खेलमा युएई सँग १–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । गर या मरको अवस्थामा मैदान उत्रिएको नेपालले फितलो प्रदर्शन गर्दा अघिल्लो चरणको यात्रालाई बिट मार्नु पर्ने भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाली टोलीले दोस्रो हाफमा फितलो प्रदर्शन गरेसँगै एक गोलले पराजित भएको हो । खेलमा युएईका लागि कालफान हसनले खेलको ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमरजाकोभ स्टेडियम खेलको अन्त्यतिर नेपाली टोलीले खेलमा फर्कने केही प्रयास गरे पनि गोल गर्न भने सकेन र पराजित हुन पुग्योे । अब नेपालले अन्तिम खेल बुधबार ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१