यस्तो थियो लोक बहादुर टण्डनको वास्तविक जिबन ,जो बुटवल झर्दा गाउँलेहरु धर-धर रोए  

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७४, शनिबार ०५:४१

कल्पना शर्मा।   संसारका सफल व्यक्तिहरुको अरुभन्दा भिन्न बिचार, व्यवहार, शैली र कार्ययोजना हुन्छ । उनीहरु प्रायः सपना देख्दैनन् तर देखेको सपना पूरा गर्न कटिबद्ध हुन्छन् । देखेको सपना पूरा गर्नु, बोलेको बोली फिर्ता नलिनु र समयको पूर्ण सदुपयोग गर्नु सफल व्यक्तिको मुख्य विशेषता हो ।  माथि उल्लेखित तीन कुराको आफ्नो जीवनको सफलतासँग  परस्पर सम्बन्ध रहेको लोक बहादुर टण्डन स्वीकार्नुहुन्छ । ईमान, अनुशासन र समयको सदुपयोगको पछि–पछि  सफलता दौडने उहाँ बताउनुहुन्छ । यि तीन कुराको सन्तुलनमा आफ्नो जीवनको रथ निरन्तर अघि बढिरहेको टण्डनको स्वीकारोक्ति छ ।

ग्रिन सिटी हस्पिटल प्रा.लि. र यति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सञ्चालक टण्डन ज्यादै सरल, सहज र मृदुभाषी स्वभावको हुनुहुन्छ । वि.स. २०२१ असार १७ गते गुल्मी जिल्लाको छत्रकोटा गाउँपालिका वडा नं. ३ मा बुबा रणसिंह टण्डन र आमा तोयकलाको कोखबाट यस धर्तिमा पाईला टेक्नुभएको टण्डनको बाल्यकाल मध्यम वर्गीय परिवारमा बित्यो । परिवार कृषिमा आश्रित थियो ।

समयको बेगसँगै हुर्कदैँ बढ्दै जाँदा प्रारम्भिक शिक्षाको सुरुवातसँगै परिवारसँग खेत बारीको काम गरेर उहाँका दिनहरु बित्न थाले । सानैदेखि पढाईमा रुचि राख्ने टण्डन दिउँसो स्कुल गए पनि फुर्सदको समय केही न केही गरेर सदुपयोग गर्नुहुन्थ्यो ।  लामो समयदेखि कृषिमा आश्रित परिवार उहाँको जन्म भएको चार वर्षपछि बुबा रणसिंहले २०२५ सालमा गाउँमै किराना पसल खोल्नुभयो । त्यही बेला बुबाले उहाँको नामबाट घरको शिल्यान्यास गर्नुभएको टण्डन ज्यादै हर्षित मुद्रामा स्मरण गर्नुहुन्छ । 

तीन भाइ र चार दिदीबहिनीमध्ये सबैभन्दा जेठो सन्तानको रुपमा जन्मिनुभएको उहाँ पाँच वर्षको उमेरदेखि स्थानिय भगवती प्रा.वि. मा शिक्षा आर्जनको निम्ति औपचारिक भर्ना हुनुभयो । ‘पैसाको अभाव भएकाले खाली खुट्टा स्कुल जान्थ्यौँ ।’, ताजा स्मरण झै बिगत ४९ वर्ष अघिका स्मृतिका पानाहरु पल्टाउँदै टण्डनले भन्नुभयो ।, ‘त्यो बेला परिक्षामा उत्तर लेखेर पास होइन्छ भन्ने कुरा पनि थाहा थिएन । प्रश्न सारेर पास होइन्थ्यो । उत्तर लेखेर पास होइने कुरा शिक्षक सिकाउनुहुन्थेन बरु १ रुपैयाँ दिए पास होइन्थ्यो ।’  ‘त्यो बेला शिक्षामा गुणस्तरतर्फको जोडभन्दा बढी बिद्यार्थी पिट्ने प्रचलन भएकाले आफूहरुसँग सहनेबाहेकको बिकल्प हुदैनथ्यो ।’ उहाँले भन्नुभयो,‘ अहिले र पहिलेको शिक्षामा आकाश–पाताल फरक छ ।’ तीन कक्षासम्म प्रश्न सारेर पास गरेको बताउने उहाँ कक्षा चारमा गएपछि एबीसीडी पढ्न सुरु गरेको बताउनुहुन्छ । कक्षा सात सम्म श्रृना मा.बि.मा अध्ययन गर्नुभएको टण्डनले बनारसबाट आठ पास गरेर २०३५ सालमा पुनः नेपाल फर्कनुभयो ।  त्यो बेलामा उहाँको उमेर ठिक १५ वर्षको थियो । समय फरक थियो ।

नेपाल फर्कनसाथ उहाँमा बिबाहको दबाब प¥यो र बिबाह पनि भयो । त्यसपछि २०३८ सालमा अध्ययन पुनः सुरु गरेर टण्डनले २०४० सालमा प्रवेशीका परिक्षा उत्रिर्ण गर्नुभयो ।  एसएलसीपछि पैसाको धेरै अभाव भएकाले उहाँले नेपाल प्रहरीमा जागिर खानुभयो । तर, त्यो जागिर लामो समयसम्म टिकेन । २९ महिनापछि उहाँले जागिर छाड्नुभयो । तर, २०४१ सालमा भद्रगोल सेन्टर जेलमा ड्युटी गर्दा उहाँको भेट गिरिजाप्रसाद कोइरालासँग भयो । कोइरालाकै पे्ररणाबाट प्लस टु अध्ययन गर्न उहाँले नेपाल प्रहरीको जागिर छाडेर उहाँले गाउँ फर्की बुबाको व्यापार सम्हाल्नुभयो । 

२०४९ सालको अन्त्यतिर टण्डन साउथ कोरिया जानुभयो । त्यहाँ ११ महिना बसेर नेपाल फर्कनुभएको उहाँ २०५० सालमा दुई छोरा दुई छोरी र श्रीमतिको साथ बुटवल झर्नुभयो । आफू बुटवल झर्दा गाउँलेहरु मलामीजस्तै रोएको उहाँ स्मरण गर्नुहुन्छ । गाउँलेहरुको त्यो पवित्र मायाले आफूलाई सदैब झक्झक्याईरहेको उहाँ स्वीकार्नुहुन्छ ।  बुटवल झरेर टण्डनले ग्लास हाउस, प्लाई हाउस र साडी स्वरुमको व्यापार सुरु गर्नुभयो । त्यस्तै, उहाँले जग्गाको काम पनि सुरु गर्नुभयो । व्यापारमा आफू सफल हुँदै गएपछि उहाँले आफन्त र छिमेकीलाई क्रमशः बुटवल झार्न थाल्नुभयो । बुटवलमा ५–७ वर्षको व्यापारीक दौडानको क्रममा २०७३ सालमा टण्डनले बिएड पास गर्नुभयो । त्यसपश्चात २०६२ सालमा अमेरिका जान काठमाण्डौँ आउनुभएको उहाँलाई भिसा दिइएन । भिसा नपाएपछि उहाँमा स्वदेशमा नै केही गर्ने प्रेरणा अंकुराउन थाल्यो ।

२०६२ सालदेखि काठमाण्डौँमा बसोबास गर्न थाल्नुभएको उहाँले २०६४ सालमा सञ्चालन रोकिएको यति स्वास्थ्य बिज्ञान प्रतिष्ठान कलेज किन्नुभयो । अहिले सो कजेलमा एक सय पचास जना कर्मचारी छन् ।  त्यस्तै, अर्को रोचक प्रसँग, २०६७ सालमा टण्डनको घुँडाको अप्रेसन गर्दा पाँच मिनेट लोडसेडिङ गएको थियो । त्यही बेलामा उहाँले अस्पतालको बेडबाट लोडसेडिङमुक्त हस्पिटलको निर्माण गर्ने प्रतिबद्धता गर्नुभयो । जसले गर्दा अहिले ग्रिनसिटी अस्पिटल सञ्चालनमा छ ।  बाटो खन्दा समाजसेवाको मुल फुट्योबुबा २०३५ सालमा पञ्चायतको वडा अध्यक्ष हुनुहुन्थ्यो । त्यो बेलामा गाउँमा बाटो खन्ने आदेश भयो । बुबा स्वयम् बाटो खन्न जानुभयो । बुबासँगै आफू पनि बाटो खन्न गएको उहाँले बताउनुभयो । छिमेकीसँग मिलेर बाटो खन्दादेखि समाजसेवाको मुल रसाउन थालेको उहाँ बताउनुहुन्छ । त्यसपछि गाउँघर सरसफाई र पधेँरीसम्मको बाटो उहाँले आफैँ खन्नुभयो । त्यस्तै, उहाँले स्थानिय छत्रकोट मन्दिरमा पनि धेरै सहयोग गर्नुभएको छ । ग्रिनसिटी हस्पिटलको संयोजनमा चक्रपथ–गोंगबु सडकखण्ड सरसफाई अभियान अन्तर्गत बाग्मती र रिङरोड सरसफाई अभियानले पनि निरन्तरता पाएको छ । त्यस्तै, उहाँले भूकम्पपीडितहरुलाई पनि निक्कै सहयोग गर्नुभएको थियो । विशेष उहाँले दीन, दुखी र स्वास्थ्य सेवामा उहाँको सहयोग अतुलनिय छ । 

नामजस्तै काम पनि सानैदेखि अरुको सेवामा रुचि राख्ने टण्डनले विशेष स्वास्थ्य सेवामा उहाँको योगदान अतुलनिय छ । उहाँले हालसम्म जम्मा १४ वटा मुटुको निशुल्क उपचार गर्नुभएको छ । त्यस्तै, कुपण्डोलका सन्त मुखियालाई ८० प्रतिशत छुटमा निशुल्क उपचार गर्नुभएको छ । उहाँले बिगत १३ वर्षदेखि पेटमा ८ किलो दिसा लिएर बाँचेकी ओखलढुंगाकी लिला बिकको निशुल्क उपचार गर्नुभएको छ । त्यस्तै, उहाँले दिसा रोकिएकी रुपन्देहीकी ९ महिनाकी माया सुनुवारको निशुल्क उपचार गर्नुभएको छ । उहाँले नुवाकोटको ३२ हप्ताको एक किलो दुई सय ग्रामको शिशुको पेटमा जाने आन्द्राको निशुल्क अप्रेसन गर्नुभएको छ । त्यस्तै, उहाँले दैलेखका ३६ जना महिलाको पाठेघरको निशुल्क अप्रेसन गर्नुभएको छ ।

सधैं हँसिलो मुद्रामा देखिने टण्डन व्यक्तिको जीवनमा ईमान्दारीता, अनुशासन र मृदुभाषा नै सबैभन्दा ठूलो सम्पत्ति हुने बताउनुहुन्छ । सबैले ठूलालाई ईज्जत र सानालाई माया गर्नुपर्ने बताउने उहाँ समयको पूर्ण सदुपयोगबाटमात्र सफलता मिल्ने सुझाव दिनुहुन्छ । अहिले उहाँले जम्मा पाँच सयलाई रोजगार दिनुभएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०