९ वर्ष यताकै सबैभन्दा लज्जास्पद हार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७४, शुक्रबार ०६:१५

म्याड्रिड । रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा ९ वर्ष यताकै सबैभन्दा लज्जास्पद हार बेहोर्दै टोटनहमसँग ३–१ गोलअन्तरले पराजित भएको छ ।

टोटनहमलाई जीत दिलाउन डेले अलीले दुई तथा क्रिस्टियन एरिक्सनले एक गोल गरे भने खेलको अन्त्यतिर क्रिस्टियानो रोनाल्डोले एक सान्तवना गोल गरे ।

सन् २००८ मा युभेन्टससँग २–० ले पराजित भए यता लस ब्लाङ्कोसको युरोपियन प्रतियोगिताको समूह चरणमा सबैभन्दा ठूलो पराजय हो ।

त्यस्तै, रोनाल्डोले गोल गरेको च्याम्पियन्स लिगको खेलमा रियल पराजित भएको यो छैटौँ अवसर हो ।

यसअघि म्यान्चेस्टर युनाइटेडबाट सन् २००९ मा रियल आएयता रोनाल्डो टोटनहमविरुद्ध १७ खेलमा अपराजित थिए । ३२ वर्षीय खेलाडीले बुधबार रातीको खेलमा सबै प्रतियोगितामा टोटनहमविरुद्ध आफ्नो गोल संख्या १० पुर्याए पनि जिनेदिन जिदानको टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०