नाट्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट मुकुन्द ढुंगाना सम्मानित (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७४, बिहीबार २०:३३

काठमाडौं । नेपाल अमेरिका पर्यटन पत्रकार संघ (नाट्जा) ले यस बर्षको नाट्जा अन्तराष्ट्रिय पत्रकारिता अवार्ड राष्ट्रिय अनलाईन पत्रकार संघ एवं बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानालाई प्रदान गरको छ । नेपाल फ्लोरिडा डट कमका संचालक समेत रहेका ढुंगानालाई २५ हजार राशीसहितको पुरस्कार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बिहिबार एक कार्यक्रमबीच प्रदान गर्नुभयो ।  सो अबसरमा संघले नेपालमा अमेरिकी पर्यटक भित्राउन महत्वपूर्ण योगदान दिनुहुने माउण्टेन लिडरर्स एण्ड एक्सपिडिसनका केशव पाण्डे, चोयु टे«किङ एजेन्सीका निमानुरु शेर्पा, एभरग्रीन टुर्सका चित्रबहादुर गुरुङ, अफ द वाल ट्रेकिङ कम्पनीका सरिता लामा, आशी ग्रप अफ कम्पनीका अन्जन थापालाई सम्मान गरेको थियो ।  कार्यक्रममा पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले मूल्यांकनको हिसाले नेपालमा अमेरिकी पर्यटकले खर्च गर्ने र बस्ने अवधि अन्य देशको तुलनामा सबैभन्दा बढी रहेको बताउनुभयो ।  नेपालको पर्यटन क्षेत्रमा अमेरिकी पर्यटकको ठूलो महत्व रहेको जनाउदै जोशीले भन्नुभयो, “मूल्याकंनको हिसाबले हेर्दा नेपालमा अमेरिकी पर्यटकको बसाई २३ दिनको रहेको छ । जुन भारत र चीन भन्दा पनि बढी हो । ” कार्यक्रममा सम्मानित पर्यटन ब्यबसायीले अमेरिकासम्म सीधा उडान हुन नसक्नु, नेपालको भौगोलिक परिस्थित, राजनीतिक अस्थिरता, बीमाको ग्यारेण्टी हुन नसक्नु र सुरक्षालगायतकारणले उल्लेख्य संख्यामा नेपालमा अमेरिकी पर्यटक भित्रन नसकेको जनाएका थिए ।  सो अबसरमा नेपाल अमेरिका पर्यटन पत्रकार संघका अध्यक्ष सन्जोग आचार्यले अगामी बर्ष पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार पुर्याईने बताउनुभयो । अध्यक्ष आचार्यले सबैभन्दा बढी अमेरिकी पर्यटकलाई नेपाल भित्राउने पर्यटन ब्यबसायीलाई पनि ५० हजार राशीसहित सम्मान गरिने जानकरी पनि  दिनुभयो ।  अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघसंगको सहकार्यमा १० लाख राशीको पर्यटन पत्रकारिता कल्याण कोष स्थापना गर्ने, अमेरिकाका मूलधारका पत्रकारलाई नेपाल भ्रमण गराउने लगायत कार्यक्रम रहेको बताउनुभयो ।  सो अबसरमा बरिष्ठ अधिवक्ता एवं नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष बोर्डबहादुर कार्की, बरिष्ठ पत्रकार टंक पन्त, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपालका निबर्तमान अध्यक्ष चन्द« रिजाललगायतले नेपालमा अमेरिकी पर्यटनको सम्भावना सम्बन्धी प्रकाश पार्नुभएको थियो ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१