ब्राण्ड भ्यालुमा कोहलीले मेसीलाई उछिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७४, शनिबार ०६:०२

खेलाडीहरुको ‘ब्रान्ड भ्यालु’ मा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीलाई भारतीय क्रिकेट टिममा कप्तान विराट कोहलीले उछिनेका छन्। अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीको शीर्ष १० खेलाडीको ‘ब्रान्ड भ्यालु’ मा गल्फका ३ खेलाडी समावेश छन्। यसैगरी, २ खेलाडी बास्केटबलका छन्। फुटबलका पनि २ खेलाडी सूचीमा अटाएका छन्। क्रिकेट, टेनिस र एथलेटिक्सका १–१ खेलाडी शीर्ष १० भित्र परेका छ्न्।

स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडेरर सबैभन्दा बढी ‘ब्रान्ड भ्यालु’ भएका खेलाडी भएका छन्। फोर्ब्सका अनुसार फेडेररको ‘ब्रान्ड भ्यालु’ ३ करोड ७२ लाख अमेरिकी डलर ( ३ अर्ब ८७ करोड रुपैयाँ) छ।

दोस्रो स्थानमा छन् बास्केटबल खेलाडी लिब्रोन जेम्स। उनको ‘ब्रान्ड भ्यालु’ ३ करोड ३४ लाख अमेरिकी डलर (३ अर्ब ४७ करोड रुपैयाँ) भएको फोर्ब्सले सार्वजनिक गरेको छ।

खेलाडीको ‘ब्रान्ड भ्यालु’को तेस्रो नम्बरमा जमैकाका तीव्र गतिका धावक उसेन बोल्ट छन्। हालै एथलेटिक्सबाट सन्यास घोषणा गरेका बोल्टको ‘ब्रान्ड भ्यालु’ २ करोड ७० लाख अमेरिकी डलर (२ अर्ब ८० करोड रुपैयाँ) छ।

चौथो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन्। गत सोमबार फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोको ‘ब्रान्ड भ्यालु’ २ करोड १५ लाख अमेरिकी डलर (२ अर्ब २३ करोड रुपैयाँ) छ।

पाँचौं नम्बरमा गल्फर फिल मिकेलसन र छैटौं नम्बरमा अर्का गल्फ खेलाडी टाइगर उड्स छन्। मिकेलसनको ‘ब्रान्ड भ्यालु’ १ करोड ९६ लाख अमेरिकी डलर (२ अर्ब ३ करोड रुपैयाँ) र उड्सको १ करोड ६६ लाख अमेरिकी डलर (१ अर्ब ७२ करोड रुपैयाँ) छ।

सातौं नम्बरमा क्रिकेटर विराट कोहली छन्। क्रिकेटबाट नम्बर १० भित्र परेका एक्ला खेलाडी उनको ‘ब्रान्ड भ्यालु’ १ करोड ४५ लाख अमेरिकी डलर (१ अर्ब ५० करोड रुपैयाँ) छ।

गल्फर रोरी म्याकलरोए आठौं स्थानमा छन्। उनको ‘ब्रान्ड भ्यालु’ १ करोड ३६ लाख अमेरिकी डलर (१ अर्ब ४१ करोड रुपैयाँ) छ।

अर्जेन्टाइन फरवार्ड लिओनल मेसी सूचीको नवौं स्थानमा छन्। मेसीको ‘ब्रान्ड भ्यालु’ १ करोड ३५ लाख अमेरिकी डलर (१ अर्ब ४० करोड रुपैयाँ) छ।

दशौं स्थानमा बास्केटबल खेलाडी स्टेफन करी छन्। उनको ‘ब्रान्ड भ्यालु’ १ करोड ३४ लाख (१ अर्ब ३९ करोड रुपैयाँ) छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१