एक खर्ब ८ अर्बको धान उत्पादन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७४, शुक्रबार ०६:५२

काठमाडौं ।  यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो । अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ।

आर्थिक वर्ष २०७३र७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७४र७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । गत वर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ । गत आर्थिक वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो ।

धान रोपण क्षेत्र वृद्धि, अनुकूल मौसम, सिँचाई, प्रविधि, मल, बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढ्ने मन्त्रालयले जनाएको छ । उत्पादकत्व बढेपछि अहिलेसम्मकै धेरै धान उत्पादन हुने मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । ‘यो वर्ष उत्पादकत्व बढेर साढे ३ प्रतिशत पुगेको छ,’ उनले भने, ‘धान उत्पादन ५४ लाख टन पुग्ने भएको छ ।’ गत वर्ष धान उत्पादन ३।३६ प्रतिशत रहेकोमा शून्य दशमल १४ प्रतिशत उत्पादकत्व बढेको कार्कीको दाबी छ।

विश्व बैंक र एसियाली विकास बैंकले तराईमा आएको बाढीले धान उत्पादन घट्ने अनुमान गर्दै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य खुम्चिने प्रक्षेपण गरेका थिए । तर, उत्पादनले नयाँ रेकर्ड राख्ने भए पछि दातृ निकायको अनुमान नमिल्ने आशंका गरिएको छ।

यो वर्ष धान खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । गत वर्ष १५ लाख २५ हजार हेक्टरमा धान खेती गरिएकोमा यो वर्ष बढेर १५ लाख ६२ हजार हेक्टर पुगेको छ । प्रतिहेक्टर ३।५ टनका दरले ५४ लाख ६७ हजार टन हुन्छ । त्यसमा वर्षातको समयमा तराईमा आएको बाढीले करिब ६७ हजार टनमा क्षति पुगे पनि ५४ लाख टन फल्ने कार्कीले दाबी गरे।

वार्षिक अर्बौंको चामल आयात भइरहेको अवस्थामा यो वर्ष आयात घट्ने भएको छ । विगतमा विभिन्न जिल्लामा भोकमरी, खाद्यान्न अभाव भएकोमा धान उत्पादन वृद्धिले राहत दिनेछ।

उत्पादन बढाउन धान मिसन कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए । ‘३५ जिल्लामा धान मिसन र २० जिल्लामा बास्नादार धान कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने, ‘यी कार्यक्रमले उत्पादन बढाएको छ।’

धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विशेष पकेट क्षेत्र बनाइएको छ । मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने नयाँ जातका धान सिफारिस गरेको छ । सिँचाइ कम हुने र डुबान हुने खेतका लागि सुख्खा धान १ देखि ६ र डुबानका लागि सोन सब—१, साम्भ, महसुरी सब—१ लगायत धानका बीउ वितरण गरेको छ।

२०७२÷७३ मा ४२ लाख ९९ हजार १ सय टनमात्र धान फलेको थियो । त्यसअघि सबैभन्दा धेरै २०७०÷७१ मा ५० लाख ४७ हजार ४७ टन धान उत्पादन भएको थियो । प्रमुख खाद्यबालीको उत्पादन बढ्नु किसानलाई मात्र नभएर मुलुककै लागि खुसीको विषय भएको सापकोटाले बताए।

२०७३÷७४ मा चामलमात्रै करिब २३ करोड ८८ लाख रुपैयाँको आयात भएको थियो । नेपालमा भारत, चीनसहित थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश, अमेरिका, सिंगापुर र भियतनामबाट चामल आयात हुन्छ ।

सरकारले आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्ने योजना बनाएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । मनाङ र मुस्ताङमा बाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ । ६० मिटरदेखि ३ हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ । तराईमा ६९।१ प्रतिशत, पहाडमा २६।८ र उच्च पहाडमा ४।१ प्रतिशत क्षेत्रमा धान खेती गरिने मन्त्रालयले जनाएको छ । कूल खेती हुने क्षेत्रफलमध्ये ५०।२ प्रतिशत जग्गामा धान खेती हुन्छ।

सरकारले यो वर्ष धानको मूल्य निर्धारण गरेको छैन । गत वर्षको मूल्यअनुसार मोटा धानको मूल्य एक क्विन्टल ९सय किलो० को २ हजार ७० रुपैयाँ, मध्यमखाले धान क्विन्टलको २ हजार २ सय ३० रुपैयाँ थियो।

खाद्य तथा कृषि संगठन ९एफएओ० का अनुसार प्रतिव्यक्ति वार्षिक सय १९ किलो खाद्यान्नमध्ये चामलको मात्रा ९० केजी तोकिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको विस्तृत सर्वेक्षणअनुसार एक नेपालीले वार्षिक १ सय २२ किलो चामल खान्छ । हरेक दिन दुवै छाक चामलको भात खाँदा एक जनालाई एक वर्षमा १ सय ४६ किलो चामल चाहिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१