शिक्षा ऐनको विरोधमा विद्यार्थी संगठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७४, बुधबार ०६:१४

काठमाडौँ ।  दशवटा विद्यार्थी संगठनले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने नागरिकको हकविपरीत आएको शिक्षा ऐन ९नवौँ शंसोधन० को विरोध गरेका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ती विद्यार्थी संगठनको संयुक्त बैठकले ६८ लाख विद्यार्थीको दक्ष शिक्षक हुन पाउने अधिकारको हनन् भएको र शिक्षक हुन योग्यता पुगेका र प्रतिस्पर्धाका लागि तयारीमा रहेका आठलाख विद्यार्थीको भविश्यमाथि खेलबाड भएको निर्णय गरेको छ ।

विद्यार्थी संगठनले विवादित शिक्षा ऐन कार्यान्वयन नगराउन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि कुनै पनि तहको शिक्षकको पदपूर्तिको व्यवस्था नगर्नसमेत शिक्षा सेवा आयोगलाई आग्रह गरिएको अखिल९क्रान्तिकारी०का अध्यक्ष रञ्जीत तामाङले जानकारी दिए ।

यस्तै जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रविरुद्ध अभिव्यक्ति नदिनसमेत विद्यार्थी संगठनले पूर्वराजालाई सचेत गराएका छन् ।

बैठकमा अनेरास्ववियूका महासचिव ऐन महर, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीलगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०