बैंकहरुले धमाधम घटाउन थाले व्याजदर, सेयर बजारमा कस्तो पर्ला असर ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७४, मंगलवार ०६:५९

वाणिज्य बैंकहरुले एक पछि अर्को गर्दै व्याजदर घटाउन थालेका छन् । व्याजदर धेरै भएका कारण कर्जा प्रवाहमा आएको गिरावटलाई मध्यनजर गर्दै बैंकहरुले व्याजदर घटाएका हुन् । कात्तिक महिनादेखि नै लागू हुने गरी अधिकांस बैंकहरुले कर्जा तथा निक्षेपको व्याजदर घटाएका हुन् । आधार व्याजदर अनुसार न्युनतम दरमा कर्जा प्रवाह गर्ने दौडमा बैंकहरु उत्रिएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा उच्च दरमा मुद्धती निक्षेप तथा कर्जा प्रवाहमा बैंकहरु उत्रिएका थिए । एभरेष्ट बैंकले उक्त समयमा मुद्धती निक्षेपमा ११ दशमलव ५० प्रतिशत व्याज दिएकोमा दोस्रो त्रैमासदेखि छ प्रतिशत मात्र कायम गर्ने भएको हो । उसले बचतमा एक दशमलव पाँच प्रतिशत व्याज दिंदै आएकोमा दुई दशमलव २५ प्रतिशत पुर्याएको छ । मुद्धती बचतको व्याज ह्वात्तै घटाएको बैंकले साधारण बचतमा व्याज बढाए पनि सकरात्मक असर बढी देखिन्छ ।

बैंकहरुले बढाएको व्याजदरका कारण गत वर्षको मध्यदेखि नै सेयर बजारमा नकरात्मक असर देखिन थालेको थियो । मुद्धती व्याजदर घटेसँगै कर्जा प्रवाहको व्याजदरमा पनि गिरावट आउने भएकाले सेयर बजारका लगानीकर्तालाई केही राहत मिल्ने देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१