अनुसन्धानवाट उम्किन पार्टी फेर्दै साँसदबन्ने तयारीमा मुस्ताफ राजापुन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७४, सोमबार १९:३७

काठमाडौँ । कांग्रेसबाट लोकतान्त्रिक फोरम हुँदै ने.क.पा. एमालेमा प्रबेश गरेका रौतहट क्षेत्र नं.२ कानिबर्तमान साँसद मुस्ताफ राजापुन सोही क्षेत्रवाट साँसदबन्ने अभिप्रायवाट एमालेमाप्रबेश गरेका छन् । एमाले र माओवादीबिचभएको बाम गठबन्धन र सो क्षेत्रवाट एमालेकाचर्चित यूवा नेता सैलेन्द्र साहलाई उम्मेदवारी बनाउने एमाले प्रदेश कमिटिवाट एकल रुपमासिफारिस भए पछि आफनो हार हुने कारणलेएमाले प्रबेश गर्न लागेका राजाको हकमा रौतहट पार्टी कमिटि र कार्यकर्ताहरुको अबरोध भए पछि सुटुक्क ओलीनिवास वालकोट गएर अध्यक्षको हातवाट टिका लगाई प्रबेश गरेकाहुन । नेपाली र भारतियगरि २२ जनालाई जिउँदै  जलाएर हत्यागरिएको इट्टा भट्टाका संचालक  समेत रहेका मुस्ताफा राजा घट्नाकामुख्यआरोपीमोहम्मदअफतावआलमका साखै भान्जाहुन र सो समयमा नेपालीकागँे्रसका सक्रियकार्यकर्ता र आलमकामुख्य सहयोगीको रुपमा रहेको जानकारहरु बताउँछन ।२०६४ साल चैत्र २८ गते हुने संबिधान सभाको निर्बाचनलाई प्रभाबपार्न भनि उम्मेदवार मोहम्मद अफताब आलमले काका शेख इद्रिसको घर जि.रौतहट राजपुर फरहदवागा.बि.स.वडा नं.४ स्थित घरमालगिबमबनाउनलगाएकोमा बम बिष्फोट भई घाईते भएकोमाउक्त कुराहरु बाहिर आएको खण्डमा निर्बाचनलाई असर पर्ने भन्दै मोहम्मदअफताबआलम समेतकानिजहरुकाव्यक्तिहरुले घाईतेहरुलाई जिउँदै मुस्ताफ राजाको इटा भटटाको चिम्निमाहालीजिउँदै जलाएको घटनामा आफु समेत अनुसन्धानकाक्रममापक्राउमा परिने र कारवाहीहुने डरले तत्कालिन समयमामधेशवादी पार्टीहरुको बोलवाला देखेर फोरम लोकतान्त्रिकमा प्रबेश गरी साँसद बनेकाथिए । ऋाफना छोराहरुलाई जिउँदै जलाएर मार्ने मोहम्मद अफताव आलम सहितकाव्यक्तिहरुलाई कारवाहीगरि पाउँभनिजाहेरी दिने रुक्सनाखातुन र नारायण सिँह राजपुतमध्ये रुक्सनाखातुनको समेत रहस्यमयतरिकाले हत्याभएको थियो । राजनैतिकप्रभाबकाकारण उक्त मुद्दा नचलाउने भनिजिल्ला सरकारी वकिलकार्यालय रौतहटले निर्णय गरेकोमा सो निर्णयलाई पुनराबेदन सरकारी वकिलकार्यालयले सदर गरे पछि उक्त निर्णय बिरुद्ध जाहेरवालाहरु सर्वोच्चअदालतगुहार्न पुगेकाथिए ।
किटानी जाहेरी , घटना स्थलमाओसी अख्तरको स्वीटर हाइनेक, कालो रंगको मोजाजोडी , कालो रंगको जु त्ताजोडी बरामदभएको , प्रत्यक्षदर्शी सराजुलमिया समेतको कागज , मानबअधिकार आयोग , नेपालवार एशोसियसन र अन्यमानबअधिकार सम्बन्धि संस्थाहरु समेतको स्थलगत अनुसन्धानप्रतिबेदनवाट वारदात पुष्टि भएको तथाजाहेरवालाहरुको छोरा हाल सम्म फेलानपरेको तथ्य समेतवाट वारदातको सम्बन्धमा केही प्रमाणहरु मौजुदा रहेको पाइन्छ । तसर्थ रिट निबेदनमा उठाइएको कत्तव्यज्यानको बरदातको सम्बन्धमा संलग्नव्यक्तिहरुको पहिचानगरि निजहरु उपर प्रचलितकानूनीव्यबस्थावमोजिम सजायको मागदाबीलिई अभियोग पत्रदायर गर्नुे कर्तव्य नेपाल सरकार रहेको र उक्त मुद्दाको गम्भिर रुपले अनुसन्धानगरि जो जे बुझनु पर्ने हो बुझिप्रचलितकानूनबमोजिमकारवाहीगर्ने गराउने र सो कारवाहीको जानकारी यस अदालतलाई दिनु भन्ने भन्ने मा.न्याश्री शुशिलाकार्की र भरत ब.कार्कीको संयूक्त इजलासवाट मिति २०६९।२।१६माभएको फैसलाभएको थियो । अदालतवाट आदेश भएको ३ बर्ष व्यत्तित भै सकेतापनिजाहेरीमाउल्लेखितप्रतिवादीहरुलाई पक्राउनगर्ने , मुद्दा दायर नगर्ने कार्य गरि सम्मानित अदालतवाट मिति २०६९।२।१६गते भएको आदेशको अपहेलनाभएको हँुदाबिपक्षीहरुलाई झिकाई अन्यबिपक्षीहरु समेत देखिएको खण्डमा तिनिकायतथाव्यक्तिहरुलाई समेत बिपक्षीकायमगरि हदैसम्मको कारवाहीगरि पाउँ साथै सम्मानितमिति २०६९।२।१६को अन्तिमआदेश कार्यान्वयनगर्नकालागिबिपक्षीहरुको नाममाजो जे चाहिने उपर्यूक्तआदेश जारी गरि पाउँभनिअधिबक्तापुष्पराजपौडेलले सवोच्चअदालतमानिबेदनदिएकाथिए । सर्वाेच्च अदालतवाट बिपक्षीहरुको नाममाकारण देखाउआदेश जारी र अनुसन्धानमाभएकाप्रगति र फाईलमागभए पछि मुख्यआरोपिआलम केही समय भुमिगत समेत भएकाथिए । संघिय र प्रदेश चुनावकालागिमोहम्मदअफताबआलमको नाम नेपालीकाँग्रेस रौतहटवाट सिफारिस भएको खबर प्राप्तभएको छ । प्रहरीको फरारी सुचिमा रहेकाआलमको उम्मेदवारीले नँया तरँग पैदा हुने देखिन्छ ।  प्रहरीको मोस्ट वान्टेडको सुचिमा रहेकाआलमलाई उम्मेदवारी दर्ता गर्न आएको बेलाप्रहरीले नसमाति छोडि दियो भने मानबअधिकार र कानूनीशासनको धज्जि उड्ने र प्रहरीको कार्य शैलीमा समेत राष्ट्रिय तथाअन्तराष्ट्रिय क्षेत्रमाप्रश्नचिन्ह् खडा हुने नै छ भने दण्डहिनतालाई प्रश्रय दिएको आरोप लाग्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०