खोटाङमा वाम गठबन्धनका उम्मेदवार चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७४, आईतवार ०७:४७

खोटाङ । खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार बन्ने नेताहरुको टुंगो लागेको छ।

प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य राजन राई र माओवादी केन्द्रबाट पोलिटब्यूरो सदस्य रामकुमार राई ९पासाङ०ले टिकट पाएका छन्।

जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्येबाट तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ। समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गतेमात्रै टुंगो लाग्ने स्रोतको भनाइ छ।

वाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्तरुपमा एकैचोटी गर्ने गठबन्धनका नेता तथा एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए।

‘बाम गठबन्धनले जिल्लावासी उत्साहित भएका छन्’, उनले भने, ‘देशकै ठूलो दल र तेस्रो दलबीच भएको तालमेलले तीनवटै सिट जित्ने निश्चित भएको छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१