तपाइको हातमा कति वटा चक्र र शंख छ ? थाहा पाउनुहोस् आफ्नो भाग्य..

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७४, शनिबार ०५:०९

हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् । शास्त्रअनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् । समाजमा प्रतिष्ठित पनि बन्नेछन् ।

त्यस्तै हातमा शंख हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् । ५ वटै औलामा शंख भएकाहरु विदेश यात्रामा निस्कन्छन् भने ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास छ ।

८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।हातमा चक्र हुनेहरुलाई पनि भाग्यमानी मानिन्छ । १० वोटै औलामा चक्र भएकाहरुले संसार जित्ने शास्त्रमा उल्लेख छ । एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ

जौको चिन्ह – समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातको औंलामा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।

शंखको चिन्ह – अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।

जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।

चक्र – समुन्द्र शास्त्रमा हस्त रेखामा हातमा हुने चक्रको बारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।

सूर्य पर्वत –हातको अनामिका औंलाको (चाेरऔंला )फेँदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

शंख र चक्रको फल

शंख हामीले शंखको चिन्ह मुख्यतया तीन प्रकारका भेट्न सकिन्छ ।
जस्तैः-

१)बाँया तर्फ घुमेको शंख
२)दाँया तर्फ घुमेको शंख
३) मिश्रति प्रकारको शंख बाँया तर्फ घुमेको शंख जुन व्यक्तिको औलामा बाँया घुमेको शंख को चिन्ह छ, त्यस्ता व्यक्तिहरूदाई प्रायः विदेशयात्राको अवसर प्राप्त भई नै रहन्छ र आफ्नो मिहिनेतको बलले समाजमा प्रसिद्धि कमाउँछन् । जातकलाई आध्यात्मतर्फ बढी रुचि गराउनुका साथै धर्ममा आस्था र विश्वास रहन्छ । यस प्रकारको शंख महिलाको लागि पनि अत्यन्त शुभदायक र सौ भाग्यकारी मानिन्छ ।

दाँयातर्फ घुमेको शंख दाँया घुमेको शंख भएका व्यक्तिलाई भाग्यशाली, धनवान, ज्ञानी, प्रतिभाशाली र धमात्मा बनाउदछ । मिश्रति प्रकारको शंख दाँया र बाँया तर्फ घुमेको शंखको फल भन्दा लगभग उस्ता उस्तै मान्न सकिन्छ तर मिश्रति प्रकारको शंखको रचना दर्ुइ विभिन्न दिशातर्फ मोडिएको हुन्छ ।

अतः त्यस्तो फल एक स्वतन्त्र शंखको भन्दा भिन्दै प्रकारको हुन्छ । मिश्रति प्रकारको शंख भएका व्यक्तिहरूमा भौतिकता र लालसाको गुण उत्पन्न गराउँछ । यस कारण जातकले प्रत्येक काम पैसाको लालचामा गर्दछ । यसमा बुद्धिको तीव्रतापनि कम हुन्छ । जातकले उच्च स्तरीय गुणको अनुसरण नगरेर विचारद्वारा ग्रसित हुन्छ ।

शंखको औला अनुसार फलः-
१)बुढी औठामा बाँया घुमेको शंख भएमाः- जातकले आफ्नो जीवनकालमा धेरै हानी नोक्सानी र कठिनाईको सामना गर्नुपर्दछ, साथै भावि आउने वाला समस्या र कस्ट द्वारा निराश हुन्छ ।

खं)औठामा दाया घुमेको शंख छ भने :-यस्ता व्यक्तिहरू भाग्यशाली र धनी हुन्छन् ।
२ क)बायाँ घुमेको शंखको चिन्ह तर्जनी औलामा भएमाः-जातकले आफ्ना इस्ट मित्रबाट धन र मान सम्मानको हानि नोक्सानी बेहोर्नु पर्दछ । खर्)तर्जनी औलामा दाँया घुमेको शंख छ भने :-त्यस्ता व्यत्तिले सामान्य जीवन यापन गर्ने हुन्छन् ।

३)मध्यमा औलाको टुप्पोमा दाँया घुमेको शंख भएमाः- जातकलाई धन पैसाको कुनै कमि हुँदैन र जातक धार्मिक विचारको स्वामी हुन्छ ।
४)अनामिका औलामा दाँया घुमेको शंख भएः- यस्ता व्यक्तिको संचित धन पैसाको नस्ट हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०