ओस्कारबाट निर्माता वाइनस्टिन निकाला, एन्जेलिना देखी १० अभिनेत्रीमाथि यौन दुर्व्यवहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७४, शनिबार ०५:०४

एजेन्सी ।

ओस्कार कमिटिले अहिलेसम्मकै ठूलो निर्णय र कारवाही गर्दै निर्माता वाइनस्टिनलाई कमिटिबाट निकाला गरेको छ ।

यौन दुर्व्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई ओस्कार कमिटिबाट निकाला गरिएको हो । द एकेडेमी अफ मोसन पिक्टर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएको हो । कमिटिले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो ।

कमिटिमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् । वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् ।

ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ भन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् ।

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिवुड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ । ६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१