गजल : गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७४, शुक्रबार ०५:५६
गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु
पोहोर साल परार साल ओइलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु
सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङ्गो भयो टीका भन्दै रिसाउँथिस् पैले बाबु
बेग्लै भा’छस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आइनस् भने ऐले बाबु

निष्प्रभ सजी
कास्की, पोखरा
हाल: अष्ट्रेलिया, सिड्नी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१