कांंग्रेस शीर्ष नेताहरुले रोजे पुरानै ठाउँ को कहाँबाट लड्दै ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७४, बिहीबार ०६:१२

काठमाडौं ।  नेपाली काग्रेसका शीर्ष नेताहरुले पुरानै ठाउँबाट चुनाव लड्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायत अधिकांश नेताहरुले पुरानै क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।

२०४८ सालदेखि नै डडेलधुरालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएका देउवाले आफ्नो पुरानै क्षेत्रबाट चुनाव लड्ने भएका छन् । बरिष्ठ नेता पौडेलले पनि आफ्नै गृह जिल्ला तनहुँ नछाड्ने भएका छन् । पौडेलले तनहुँ १ बाट चुनाव लड्ने भएका छन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । दुई दिनअघि मात्रै कांग्रेससँग एकता गरेका विजय गच्छदारले पनि पुरानै ठाउँ रोजेका छन् । गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।

काठमाडौंबाट को को लड्दैछन् रु

कांग्रेस नेता प्रकाशमान सिंह, युवा नेता गगन थापा, नवीन्द्रराज जोशी, ध्यान गोविन्द रञ्जित, राजेन्द्र जोशी, दीपक कुइँकेलले काठमाडौंबाट नै चुनाव लड्ने निधो गरेका छन् । प्रकाशमान सिंहले पुरानै क्षेत्र काठमाडौं १ बाट चुनाव लड्दैछन् भने गगनले पनि पुरानै ४ नम्बर क्षेत्र रोजेका छन् ।

यसैगरी, नवीन्द्रराज जोशीले काठमाडौं क्षेत्र नम्बर ८, प्रकाशशरण महतले काठमाडौं क्षेत्र नम्बर ५, ध्यानगोविन्द रञ्जितले काठमाडौं ९ र राजेन्द्र जोशीले काठमाडौं १० बाट चुनाव लड्ने निधो गरेका छन् । यस्तै, दिपक कुइँकेलले काठमाडौं २ तथा अम्बिका बस्नेतले काठमाडौं ३ बाट चुनाव लड्ने बताइएको छ ।

को कहाँबाट लड्दै

काग्रेस महामन्त्री शशांक नवलपरासी १ बाट लडे पनि शेखर कोइरालाले भने मोरङबाट नै लड्दैछन् । शेखर मोरङ ६ बाट लड्दा, मिनेन्द्र रिजाल मोरङ २ बाट लड्ने बताइएको छ । यस्तै, गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट र ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट लड्ने कांग्रेस निकट स्रोतले बताएको छ ।

यसैगरी, मीनबहादुर विश्वकर्मा सुनसरी, विश्वप्रकाश शर्मा झापा, विमलेन्द्र निधि र आनन्दप्रसाद ढुंगाना धनुषाबाट चुनाव लड्दैछन् । रामशरण महत र अर्जुन नरसिंह केसी पुरानै ठाउँबाट चुनाव लड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०