गाई तिहार तथा लक्ष्मी पुजाको महत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७४, बिहीबार ०५:५७
यम पंचकको तेस्रो दिन दीपावलीमा पूजिने भगवती महाल्क्ष्मी चल एवं अचल , दृश्य एवं अदृश्य सबै सम्पत्तिहरू र अष्ट सिद्धि एवं नौ निधिहरूकी अधिष्ठात्री साक्षात नारायणी हुन ।भगवान श्री गणेश सिद्धि – बुद्धि र शुभ – लाभका स्वामी तथा सबै अमंगलहरू एवं विघ्नहरूका नाशक हुन .यीनले सदबुद्धि प्रदान गर्दछिन । दीपावलीको दिन यीनको समवेत पूजाबाट सबै खाले कल्याण – मंगल एवं आनन्द प्राप्त हुन्छ । दीपावलीको दिन चारमुखे दीयों रातभरी प्रदीप्त रहनु शुभ एवं मंगलप्रदायक हुन्छ भनिएको छ |
महालक्ष्मी पूजनमा अमावस्या तिथि , प्रदोषकाल , शुभलग्न वा चौथों धडीले विशेष महत्व राख्दछ भनिएको छ ग्रन्थहरुमा भने महालक्ष्मी पूजन सायंकाल प्रदोषकालमा गर्नुपर्छ भनेर ब्रह्मपुराणमा भनिएको छ |
” कार्तिके प्रदोषेतु विशेषेण अमावस्या र्निषाबधके ।
तस्या सम्पूज्येत देवी भोग मोक्ष प्रदायिनी ।।”
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि माटोको घर आँगनमा गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हाम्रो संस्कार हुनुको साथै आफ्नो घरमा परिवारमा यदी कसैको मरिमराउ भएको छ र जुठो, परेको छ भने झुठो सकिएको दिन गाईको गौतले सेचन गर्ने र खाने गर्दा क्रियापुत्री र आफन्त चोखिने समेत विस्वाश गर्दै कार्य गर्ने चलन जीवित छ भने गाईलाई पशुधनका रूपमा पनि लिइन्छ।
हामीहरु गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछौ। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ। कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ।
गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, वा वली राजाले वर्षमा एक पल्टमात्र प्रिथिविमा आगमन हुने आशिर्वाद पाएको दिन नै किन नहोस् सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ। सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो। दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्ने यो दिन दिदीबहिनी र दाजुभाइले भैलो,देउसी खेल्दै आशिर्वाद दिदै रमाइलो गर्छन्।
सानो कथाको सारांश
संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो धर्म ग्रन्थमा आधारित कथा जानी नजानी राख्ने क्रममा धनकी देवी श्रीलक्ष्मी पुजा महत्व र भैली,देउसीको दिने खुशी ,,
 
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।
 
“एक दिन महाराज युधिष्ठिरले भगवान श्रीकृष्ण संग नम्रता पुर्वक सोध्नु भयो ,हे इश्वर | हे नाथ मलाई हजुरले कृपा गरेर कुनै यस्तो व्रत वा यज्ञ होम बताउनु होश जसलाई मैले गरेर आफ्नो सखाप भएको राज्यलाई पुनः प्राप्त गर्न सकूँ किन कि यो राज्यलाई गुमाउनु पर्दाको दुखले मा पलपल तड्पी रहेकोछु ,अत्यन्तै दुखि छु |
भगवान श्रीकृष्ण जीले भन्नु भयो कि हे युधिष्ठिर मेरो अति नै परमभक्त दैत्यराज वली ले सय अस्रमेघ यज्ञ गर्ने संकल्प गरे वापत निनानबब्बे ९९ यज्ञ उसले निर्विध्न रुपले पुरा गरे तर सयौं यज्ञ लाई पूर्ण गर्ना साथ उसको आफ्नो राज्यमा निर्वासित हुने डर र भयले सताउँन लाग्यो |
त्यस पछी देवताहरुलाई साथ लिएर इन्द्र क्षिरसागरमा निवास गरि राख्नु भएको भगवान श्री विष्णु निर पुगेर वेदको मन्त्र उचारण गर्दै स्तुति गर्दै आफ्नो सम्पूर्ण कष्टहरु पनि भगवान विष्णुको अगाडी पोखे ! यसरी आधारना गर्दै आफ्नो पीडालाई बताएको सुनेर भगवान श्रीविष्णुले भन्नु भयो तिमि निर्धक्क र निर्भय भएर आफ्नो स्थानमा जाऊ म तिम्रो सबै दुख,कष्टलाई तुरुन्तै निवारण गरि दिनेछु ! तिम्रो संकट चाडै हट्नेछ |
यस्तो भगवानको आज्ञा पाए पछी इन्द्र त्यहाबाट हिडे पछी श्रीविष्णु भगवानले आफ्नो रुप एउटा सुन्दर ब्राह्मणको रुप् धारण गरि वटुबेशमा राजा वलीले यज्ञ गरि रहेको ठाउँमा जानु भइ भिख माग्नु भयो सुन्दर वालक रुप मोहित रुपमा आएका भिक्षुलाई देखेर राजा वलिले भिक्षा दिन खोज्दा नलिएको देखेर आधा राज्य सम्म दिदाँ पनि नलिए पछी जे मागे पनि दिने आफुले दिने तर यस्तो पवित्र कार्यमा हात खाली नजानुस भनेको उनको उद्दार भावना देखेर ब्राह्मण रुप विष्णुले वचन बद्ध गराई भगवानले यज्ञ गरि रहेको ठाउँ भित्रको आफ्नो तिन पाईला जमिन माग्नु भयो यसरी जे मागे पनि दिने दानशील वलि राजाले वचन हार्न नसकी लौ पाईला राख्नुस् भनेर भन्दा श्रीविष्णु भगवानले आफ्नो विराट रुप धारणा गरि एक पाईला जमिनमा राख्दै सम्पूर्ण पृथिवीलाई ओगटिए ,र दोस्रो पाईला राख्दा सपुर्ण अंतरिक्ष (आकाश ) ओगटिए,अब तेस्रो पाऊ कहाँ राखु भनेर सोध्नु भयो त्यसरी छल गरि ब्राह्मण रुपमा श्रीविष्णुको दर्शन पाएका वलिले आफ्नो शिरमाथि राख्न आज्ञा गरे त्यसरी राजा वलिको उद्दरता र दानशीलता मन देखि प्रशन्न भएर उनको शिर माथि पाऊ राख्न साथ उनि पाताल मुनि गएँ त्यस्ता सबैको प्यारा र दयालु दानशील राजा वली देखि खुशी भएर भगवान श्रीविष्णुले तिम्रो इच्छा भएको वर माग भनेको वचन सुने पछी राजा वलिले बर्षमा एक पल्ट पृथिवीको भ्रमण गर्न कार्तिक कृष्णपक्षको त्रियोद्सी देखि आमावस्या अर्थात् तीन दिन दिपावली सम्म यो प्रिथिविमा मैले राज गर्न पाऊ र यो तीन दिन सम्म सम्पूर्ण मानबहरुले दान,यज्ञ ,धुप,दिप गर्दै श्रीलक्ष्मी माताको पुजा आरधना गरुन र यसरी पुजा आरधना गर्नेको घरमा लक्ष्मीको वास होश भनेर भगवान श्रीविष्णु संग मागे पश्चात तथास्तु भनेर राजा वलीलाई भगवान श्रीविष्णुले पातालको राजा बनाएर पठाए पश्चात त्यही समय देखि संसार भरि समय अनुकुल आफ्नो रिति अनुसार विश्व भरि नै यो पर्ब मनाएता पनि हाम्रो हिन्दु संस्कारमा भने बर्षमा आउने कार्तिक कृष्णपकक्षको आमावास्या सम्म अर्थात् लक्ष्मी पुजा सम्म सम्पूर्ण देशका नागरिकले पंचक लागे देखि नै सबैको घर दैलोमा झिली र मिलि गरि बत्ति बालेर लक्ष्मीको पुजा आरधना गर्दै भैलो र देयुसी खेल्दै यो पर्वलाई सदभाव र श्राद्धको साथ मनाउदै वली राजाको नाम उचारण गरि भन्ने गर्दछन ….आहै भन मेरा भाइ हो देउसी रे ….आहै राम्ररी भन् देउसी रे …आहै हामी त्यसै आएनौ देउसी रे ..आहै वलिराजाले पठाए देउसी रे ..यस्तै यस्तै …गरि खुशी मनाउदै वली राजाको गुण गाउदै सबै खुशीले मिली नाच गान गर्दै भैली, देउसी खेल्दै घर घरमा आशिष दिन र आफूभन्दा ठुलाको आशिष थाप्ने चलन आज पनिरहेको छ । राम राजाले चौध बर्षको बनवास सकेर अयोध्या फर्कदाको खुशीमा पनि सम्पुर्ण अयोध्याबासीले घर आगन बाहिर भित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुशी मनाउदै आएको भन्ने भनाइ धर्म ग्रन्थहरूमा पढन पाइन्छ ।
 
” गोवर्द्धन पुजा ” गोरुको पुजा
पौराणिक कालको धर्म ग्रन्थमा आधारित “द्धारपर युगमा लक्ष्मी पुजाको भोलि पल्ट ब्रजमण्डलमा इन्द्रको पुजा हुने गर्दथ्यो त्यो अबस्थमा भगवान श्रीकृष्णले भन्नु भयो कि यो कार्तिकमा इन्द्रको पुजा गरेर कुनै लाभ नै छैन त्यसैले हामी सबैले गों वंशी अर्थात् गोरु वंशको उनन्तिको लागि पर्वत र वृक्षको पुजा गरेर उनको सधै रक्षा गर्ने प्रतिज्ञा नगरी हुदैन किन कि पर्वत र (जमिन)भूमिमा घाँस पुरा लगाएर वनको उत्सव पनि मनाउनु पर्छ ,गोवरलाई इश्वरीय शक्तिको रुपमा पुजा गर्दै त्यो गोवरलाई मलजलको रुपमा वरु खेत ,वारीमा हालेर त्यसमा हलोले जोती माटो मोलायम गरि अन्न उत्पादनमा वृद्धि गरि देशमा प्रगति गराउनु पर्छ / यस्तो भगवान श्रीकृष्ण जी को उपदेश सुनेर व्रजवासीले पर्वत ,वन जंगल ,गोवर तथा माटोको पुजा गर्न शुरु गरे त्यो अबस्थामा इन्द्रले रिशले चुर हुदै लगातार सात दिन सम्म धनधोर वर्षा गराए यसरी क्रोध र अभिमानी इन्द्रले वर्षा गएको देखेर श्रीकृष्णले गोवर्द्धन पर्वतलाई आफ्नो कान्छो औलाले उठाएर वज्रलाई बचाउनु भयो त्यस्तो देखेर आफ्नो क्रोध वाट लज्जित इन्द्रले भगवान श्रीकृष्णको सामु गएर क्षमायाचना मागे त्यसै वेला देखि गोवर्द्धन पुजाको शुरुवात हुन् गयो तथा जसले गोवर र गोरुको सम्मान गर्छ पुजा गर्छ त्यसलाई सहि उपयोग गर्छ त्यसले लगाएका जमिनमा अन्नको वर्षा हुन्छ र शरीर स्वस्थ अनि घर भित्र खुश र शान्तिले वास गर्छ भन्ने किम्द्न्ति हरु धर्म शास्त्रमा भनिएको छ त्यस्तै स्वस्थानीको पुस्तकमा पनि शिद्धिगणेशले दिएका वरदानले गाईको”गोवर ” बाटै “गोमा ब्रह्मणिको जन्म भएको कुरा कथामा आज पनि पढन पाइन्छ ! “ओंम नमः शिवाय “

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०