कंगनाका बारेमा चार वर्षपछि ऋतिकले खोले यस्तो रहस्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७४, बिहीबार ०५:३४

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौटबीच लामो समयदेखि विवाद हुँदै आएको छ।

केही समय ऋतिकसँग प्रेम सम्बन्धमा रहेकी अभिनेत्री कंगनाले ऋतिकमाथि विभिन्न किसिमका आरोप लगाउँदै आएकी छन्। केही दिन पहिले एक टेलिभिजनलाई दिएको अन्तवार्तामा पनि ऋतिक र आदित्य पञ्चोलीमाथि विभिन्न आरोप लगाएकी थिइन्।

उक्त अन्तवार्ता लगत्तै आदित्य कंगनाविरुद्ध मिडियामा आएका थिए तर ऋतिकले उक्त विषयमा चुप बस्न ठिक सम्झिए। तर उनको मौनता पनि धेरै समय टिक्न सकेन्। दुई दिन पहिले उनले सामाजिक सञ्जालमा एउटा चिठ्ठी शेयर गरे। चिठीपछि ऋतिकले आफ्नो मनको दुख पोख्न मिडिया रोजे। एक अन्तवार्तामा उनले कंगनाका बारेमा सबै गोप्य रहस्य खोले।

उनले भनेका छन्, ‘अहिलेसम्म पीडा सहेर मौन बसे, धेरै भयो आफ्नो स्टार इमेज नखल्बलियोस भनेर म चुप बसे। मैले सोचे की म शान्त रहनु पर्छ। तर उसले म माथि नराम्रो दृष्टीकोण राख्न छोडिन।’

कंगना उक्त घटनाको पीडित नभएको पनि उनले दाबी गरेका छन्। बरु कंगनाबाट आफु पीडित भएको उनको दुखेसो छ। ‘मैले आफ्नो जिन्दगीमा कहिलै कुनै मर्दसँग झगड गरेको छैन्। मैले सम्बन्ध विच्छेद गर्दा पनि कोही लडाई लडिन्,’ उने भने ।

‘यदी बाटोमा हिँडिरहेका बेला मलाई कसैले गाली गर्छ भने यो कुरा सहि हुन्छ की म त्यो गाली सुनेर आफ्नो बाटो हिँड्न नछोडु। जबकी उक्त गालीले मेरो जीवनमा केही असर गर्दैन्। तर कसैले म माथि ढंगा प्रहार गर्छ र उक्त ढुंगाले म र मेरो परिवारलाई चोट पर्छ भने म चुप बस्नु मेरो कमजोरी हुन्छ। उनले भनेका छन्। चार वर्षदेखि मलाई गलत साबित गर्दै आएको कुरा सहँदै आए तर अब सहन सक्दिन्।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१