मध्य पश्चिमको २ स्थानमा रा.प्र.पा को किल्ला 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७४, बिहीबार ०५:१७

उदय सिंह श्रेष्ठ / नेपालगन्ज  ।  प्रतिनिधि सभाको निर्वाचनको लागि रा.प्र.पा का केन्द्रिय  अध्यक्ष  कमल थापाले बाँके क्षेत्र रोजेको हल्लासँगै अहिले बाँके राप्रपामय बन्न थालेको छ भने नेपाली कोंग्रेसले पनि पूर्ण रुपमा सहयोग गर्ने मनसाय बनाएको देखिएको छ ।  

बिकास निर्माण हुन नसकेको बाँके जिल्लाले कमल थापालाई पाए बिकास हुन सक्ने स्थानियको भनाइ रहेको छ ।  

बिगतमा बाँकेको तीन वटै क्षेत्रमा राप्रपाले जीत हसिल गरेकोमा अहिले राप्रपाको लागि बाँके क्षेत्र नम्बर दुई  राम्रो तथा जीत सुनिश्चित  मानिएको छ ।  

यस्तै दैलेख जिल्लाको सन्दर्भमा भने राप्रपाको बलियो उम्मेदवारको रूपमा कुन्ती शाहीको जीत सुनिश्चित देखिएको स्थानियको भनाइ रहेको पाइएको छ ।  राप्रपाको तर्फबाट राज्य मन्त्री हुँदा  दैलेखको बिकास लगायत स्थानियको कठिनाईमा बिशेष सहयोग गरेको कारण शाही बलियो उम्मेदवारको रूप सर्ब श्रेष्ठ मानिएको छ ।  

राप्रपाले मध्य पश्चिमको ३ वटा क्षेत्र मध्य सल्यान जिल्ला निकै कमजोर मानिएको छ ।  

पैसाको ध्वान्स देखाउदै राजनीति  गर्ने बानी परेका सम्भाबित उम्मेदवार राजेन्द्र वीर राय (राइ ) आफ्नै छबीको कारण नराम्रो पराजित  भोग्नु पर्ने स्थानियको भनाइ yरहनुको साथै सल्यानमा राप्रपा  भन्दा कांग्रेस निकै बलियो भएको कारण कांग्रेस हाईकमान्डले राप्रपालाई टिकेट  दिए  सहयोग नगर्ने बताइएको छ ।  

राइ कै कारण अहिले बिभिन्न राष्ट्रबादी  पार्टी तथा कांग्रेसका अधिकान्सले सल्यान क्षेत्र नम्बर २ को प्रदेशमा एमालेलाई मतदान गर्ने बिसयमा समूह  अनुसारको छलफल तथा निर्णय समेत गरेको पाइएको  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१