मोटोपन कम गर्नका लागि फाइदाजनक आलस, यस्ता छन् अन्य फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७४, बुधबार ०६:०२

स्वस्थ रहनका लागि हामीले आफ्नो खानामा फलफूल, तरकारी, जुस लगायतका कुराहरु त समावेश गछौँ । तर सबैलाई थाहा नहुन पनि सक्छ कि विभिन्न प्रकारका बीज खानु पनि स्वास्थ्यका फाइदाजनक मानिन्छ । त्यस्तै बीजमध्येको एक हो, आलस । यो शरिरलाई स्वस्थ राख्नका लागि फाइदाजनक रहेको छ ।

आलसको बीजबाट बनेको काढा नियमित रुपमा सेवन गर्नाले कयौँ बिमारीको नियन्त्रणका लागि मद्दत पुग्ने गर्दछ । यसको सेवनले शरिरमा रहेको बिशाक्त पदार्थ हटाई मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने गर्दछ ।

कसरी तयार गर्ने काढा ?
दुई चम्चा आलसको बीजलाई दुई कप पानीमा मिसाएर केही बेर उमाल्ने । उक्त काढालाई छानेर चिसो भएपछि पिउने ।

फाइदाः
ब्लड शुगर नियन्त्रित गर्न ः मधुमेह र ब्लड शुगरको समस्याबाट पीडित मानिसहरुका लागि आलसको काढा सेवन गर्नु बरदान समान हुन्छ । नियमित रुपमा बिहान खाली पेटमा यसको सेवन गर्नाले मधुमेहको स्तर नियन्त्रित हुने गर्दछ ।

थाइरोइडका लागि फाइदाजनक ः बिहान खाली पेटमा आलसको एक कप काढा सेवन गर्नु हाइपोथाइरोइड तथा हाइपरथाइरोइड दुबैका लागि फाइदाजनक मानिन्छ ।

मुटुसम्बन्धि रोग नियन्त्रणका लागि फाइदाजनक ः नियमित रुपमा ३ महिनासम्म आलसको काढा पिउनाले हृदयमा हुने अवरोध हट्ने गर्दछ । आलसमा रहेको ओमगा–३ ले शरिरमा रहेको खराब कोलेस्टेल एलडीएलको स्तर कम गर्ने गर्दछ र मुटुसम्बन्धि बिमारी नियन्त्रणका लागि मद्दत गर्दछ ।

जोर्नी दुखाईबाट आराम ः नसा तथ जोर्नी दुख्ने समस्या भएकाहरुले आलसको काढा सेवन गर्नु फाइदाजनक मानिन्छ ।

मोटोपन कम गर्न ः आलसको काढाले शरिरमा जम्मा भएको अतिरिक्स फ्याट निकाल्ने गर्दछ । जसले गर्दा मोटाउने खतरा पनि रहदैन । आलसमा रहेको फाइबरले भोकलाई कम गर्ने गर्दछ । साथै शरिरमा अतिरिक्त उर्जा प्रदान गर्ने गर्दछ ।

पेटसम्बन्धि समस्या समाधानका लागि अति उपयोगी ः नियमित रुपमा आलसको काढा पिउनाले कब्जियत, पेटको दुखाई, पेटको गडबडी जस्ता समस्याहरुबाट छुटकारा दिलाउन मद्दत गर्ने गर्दछ ।

कपाल र छालाका लागि फाइदाजनक ः आधा चम्चा आलसको बीजलाई दैनिक रुपमा बिहान तातो पानीसँग सेवन गर्नाले कपाल झर्ने समस्या नियन्त्रण हुने गर्दछ । तीन चार महिनासम्म नियमित रुपमा सेवन गर्नाले कपाल फुल्ने समस्याबाट पनि छुटकारा मिल्ने गर्दछ । आलसको तेलले मालिस गर्नाले कपाल बलियो र चमकदार हुने गर्दछ ।

यसको प्रयोगले छालाको सुख्खापन, कालो धब्बा, एलर्जी लगायतका थुप्रै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१