अनौठो विवाह, जहाँ बेहुलालाई दाइजाेमा दिइन्छ २१ सर्प

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७४, बुधबार ०५:५७

एजेन्सी । बिहेमा बेहुली पक्षले बेहुलालाई दाइजो तथा उपहारको रुपमा मूल्यवान र विलासीताका सामानहरु दिने गरेको पाइन्छ । यस्ता उपहारलाई केटा पक्षले आफ्ना नातेदारहरुलाई बढी शानका साथ देखाउने गरेका छन् । तर यो दुनियाँमा यस्तो एउटा परम्परा रहेको छ, जहाँ बिहेमा दाइजोको रुपमा बेहुलालाई विषालु सर्प दिइन्छ ।

यस्तो प्रथा अन्य कहीँ नभएर छिमेकी देश भारतको मध्यप्रदेशमा रहेको गौरिया समुदायमा बर्षाैदेखि प्रचलनमा रहिआएको छ । यसका साथै कयौँ सपेरे परिवारहरुले यो परम्परा बर्षाैदेखि निर्वाह गर्दै आएका छन् । यो समुदायमा जन्तीहरुलाई उपहार स्वरुप बेहुलीका पिताले दिएको उपहार देखेर केटा पक्षको होस् नै उड्ने गरेको छ ।

यो परम्परा अनुसार केटी पक्षका परिवारले केटा पक्षलाई सगुनका रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । ती सर्पको खेल देखाएर अर्थात सर्पलाई नचाएर नै बेहुलाले आफ्नी श्रीमतीको भरणपोषण गरी उसलाई पाल्नसक्छ भन्ने मान्यता रहेको छ ।

दुबै पक्षको कुरा मिलेर विवाह तय भइसकेदेखि नै केटीका बुवा सर्पको खोजी गर्न सुरु गर्ने गर्दछन् । यदि विवाहको दिनसम्ममा २१ वटा सर्प जम्मा गर्न सकिएन भने केटीका बाबुले विवाह नै गर्न सक्दैनन ।

महासमुंद मार्गमा रहेको जोगी डीपा नामक उक्त सपेरा बस्तीमा करिब २सय जना मानिसहरु बसोबास गर्दै आइरहेका छन् । सपेराहरुको उस बस्तीमा विवाहको समयमा केटीका बाबुले आफ्ना ज्वाईलाई २१ वटा सर्प दाइजो दिने परम्परा रहेको छ । जसमा डोमी र गहुंआ जस्ता विषालु सर्प सामेल गर्ने गरिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१