किन भेटे राष्ट्रपति भण्डारीलाई संबैधानिक निकायका प्रमुखहरुले ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७४, मंगलवार १९:५७

काठमाडौं ।     राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति  विद्यादेवी भण्डारीसंग विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले भेट गरे ।

उक्त भेट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय श्री दीप वस्न्यात, महालेखापरीक्षक माननीय श्री टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त माननीय डा. अयोधीप्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय श्री अनुपराज शर्मा, महान्यायाधिवक्ता माननीय वसन्तराम भण्डारी लगायत संवैधानिक निकायका पदाधिकारीहरु एवम् सचिवहरु समेतको उपस्थिति भएको हो ।


उक्त भेटका अवसरमा राष्ट्रपतिद्वारा शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१