नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७४, मंगलवार ०५:४३

नेपाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो।

यो घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ । अब नेपालले डिभिजन टुको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ।

डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरिमा नामिबियामा हुनेछ। सामुद्रिक आँधीका कारण आइतबार हुन नसकेको खेल सोमबारको रिजर्भ डे मा सारिएको थियो तर सोमबार पनि पानी परेर मैदान हिलो भएपछि खेल रद्द भएको हो।

खेल रद्द भएसँगै दुवै देशले एक एक अंक बाँडेका छन् । यससँगै नेपालको डिभिजन वानको शीर्ष ४ मा रहँदै विश्वकपमा छनोट हुने सम्भावना भने सकिएको छ । नेपालले च्याम्पियनसिपमा अव युएइसँग २ खेल खेल्न बाँकी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१