नीटको ‘टान निर्वाचन सर्वाधिकार सम्पन्न समिती’ गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७४, मंगलवार ०४:४९

काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (नीट)ले यही अक्टोबर २९ मा हुन गइरहेको टेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को निर्वाचनलाई एकाताको निर्वाचन बनाउने उद्धेश्यले पर्यटन क्षेत्रका विभिन्न संगठनबीच छलफल, वार्ता र सहमतिमात्र होइन, उमेद्वार छनोट र अन्य आवश्यक निणर्यहरु समेत गर्नका लागि अध्यक्ष दीपक महतको संयोजकत्वमा ५ सदस्यीय टान निर्वाचन सर्वाधिकार सम्पन्न समिती गठन गरेको छ । समितीका सदस्यहरुमा रमेश धमला, रामशरण थपलिया, अच्युत गुरागाईं र कर्मा शेर्पा रहेका छन् । मुलुक संघीयतामा गइसके पनि कानुन, नीति र अभ्यासलगायत अनेक हिसाबले यथेस्ट अस्पस्टता बाँकी नै रहेको अवस्थामा पर्यटन क्षेत्र एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै नजिकिइसकेको टान निर्वाचनमा सबै व्यवसायी एक भएर अगाडि बढ्न र बढाउन यो समिती सक्रिय हुने अध्यक्ष महतले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१