सामसुङको ग्यालेक्सी नोट ८ नेपाली बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७४, सोमबार ०५:५२

काठमाडौँ । हालै बजारमा प्रस्तुत गरिएको ग्यालेक्सी नोट ८ मा उपभोक्ताले जुन सहजै रुपमा एक हातमा लिन सक्नुहुन्छ, एस पेन को सहायताले अझै व्यक्तिगत तरिकाबाट सम्पर्क गर्न सकिने र यसमा भएको डुअल क्योमराको साथ जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ ।

नेपालका हजारौं ग्राहकहरुको मन जित्न सफल सामसङ नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको लागि सामसुङ नोक्स प्रविधि प्रयोग गरिएको छ । नोट ८ ले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने छ ।

नोट ८ मा भएको इन्फिनिटी डिस्प्ेले, सुधारिएको एस पेन र ट्रु डुअल क्योमरा ति ग्राहकहरुको लागि हो जो सधैं उच्च आकांंक्षा राख्दछन् । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको छ । यसै सिलसिलामा नेपाली ग्राहकहरुको चाहना एवम् आकांक्षालाई पूरा गर्ने उद्देश्यले हाल नेपाली बजारमा पनि यो स्मार्ट फोन भित्र्याइएको हो” सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले उल्लेख गर्नु भयो ।

सहजै हातमा लिन सकिने सो फोनमा भएको ठूलो स्क्रीन जुन ६ दशमलव ३ इन्च छ, त्यसैले या अल्टिमेट मल्टि टास्किङ माइक्रो फोनमा थोरै स्क्राल गरेर धेरै देख्न, पढ्न र आफूलाई चाहिएको कुरा सहजै रुपमा पेनको सहायताले लेख्न सकिन्छ ।

यसमा भएको एस पेनले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँ नयाँ फिचरहरु सञ्चालन गर्न पनि सकिन्छ । साथीसँग कुराकानी गर्दा होस् वा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०