बग्गी चढेर पोखरा घुम्न मन लागेको छ ? आउनुस अब पोखरामै चढ्न पाइन्छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७४, आईतवार १९:१९

पोखरा । के तपाईं बग्गी चढ्न सौखिन हुनुहुन्छ ? कि बग्गी चढेर पोखरा घुम्न मन लागेको छ ? यदि तपाईंलाई बग्गी चढेर पोखरा घुम्ने मन छ भने अब तपाइहरूको रहर पूरा हुने भएको छ ।

बग्गी एण्ड हर्स राईडिङ प्रालिले पोखरामा पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यसहित पोखरामा बग्गी ब्यबसायीक रुपमा सञ्चालनमा ल्याएका हुन् ।

यसका सञ्चालक हुन्  ब्यबसायी शान्त शर्मा । यो ब्यबसायसँगै बग्गी चढ्ने रहर पूरा गर्न चितवन, जनकपुर वा भारत पुग्नुपर्ने बाध्यता हट्नेछ ।

फरक किसिमको नवप्रवर्तन ब्यबसाय गर्न रुची राख्ने शर्माले भारतबाट अनुभवी घोडा ल्याएर बग्गी ब्यबसाय सुरु गरेका हुन् ।

यसअघि अघिल्लो वर्षदेखी काठमाडौंको बाँसबारीमा बग्गी ब्यबसाय नै सञ्चालन गर्दै आएका उनले पोखराको लेकसाइडमा ब्यबसाय बिस्तार गरेका हुन् ।

बग्गी सञ्चालनमा करीब १५ लाख लगानी भएको उनले बताए । एउटा घोडाको ३ लाख आइसी अर्थात ४ लाख ८० हजारका दरले ३ वटा घोडा किनेका उनले नेपाली ३२ हजार मासिक तिरेर एक जना बग्गी चालक पनि ल्याएका छन् ।

बग्गीका लागि अन्य ३ जना सहयोगी पनि राखेको उनले बताए । उकालोमा बग्गी ठेल्नदेखी लिएर घोडाको स्याहारसुसारका लागि ३ जना सहयोगी राखेको उनको भनाइ छ । उनीहरु सबैलाई तलबसहित खान बस्नको सुविधा दिइएको उनले बताए । त्यस्तै स्टाफलाई आम्दानीको १० प्रतिशत इन्सेन्टिभ पनि दिइने उनले बताए ।

पोखरामा बग्गी ब्यबसाय कस्तो हुन्छ भनेर परिक्षणका रुपमा पहिलो चरणमा ३ वटा घोडा ल्याएर एउटा बग्गी सञ्चालनमा ल्याएका छन् ।

बग्गी चढेर पोखरा घुम्ने पर्यटक बढेर माग बढेको खण्डमा थप घोडा र बग्गी ल्याउने योजना बुनेका छन् शर्माले । उनले भने,’हेरौं बग्गी ब्यापार कस्तो हुन्छ हेरौं, राम्रो भयो र बजार माग बढ्यो भने चाँडै बग्गी थप्ने सोंचमा छु ।’

पोखराको लेकसाइडलाई मूख्य केन्द्रबिन्दु बनाएर बग्गी सञ्चालनमा ल्याइएपनि रुट तय भइनसकेको उनले बताए । खास गरेर ताल वरीपरी बग्गी चढेर सयर गर्नेहरुलाई लक्षित गरेर बग्गी सञ्चालन गर्ने उनको योजना छ ।

यद्वपी शुरुवातमा भने पर्यटकले जता लैजान भन्छन् त्यतै सञ्चालन गर्ने उनले बताए । पोखराका विभिन्न होटल तथा रेष्टुराँमा पुग्ने पर्यटकलाईसमेत लक्षित गरेर सेवा सञ्चालन गर्ने भन्दै उनले भने,’पोखरा एयरपोर्टबाट होटल पुर्‍याउनेदेखी लिएर होटलबाट नजिकमा जान चाहेका ठाउँसम्म पुर्‍याउनेसम्मको सेवा दिने तयारी गर्दैछु ।’

बग्गी सयरसँगै विवाहरव्रतवन्ध एवम् अन्य शुभकार्यका लागिसमेत माग भएको खण्डमा सेवा दिन सकिने सञ्चालक शर्माको भनाई छ । शर्माका अनुसार आइतबारदेखी सञ्चालनमा आएको बग्गी सयर सोमबार नै एक विवाहका लागि बुकिङ भइसकेको छ ।

बग्गी एक दिन रिजर्भ गर्दा ८० हजार लाग्ने शर्माले बताए । २ जना अभिभावक र २ जना साना बाबुनानी मात्र बस्न मिल्ने उक्त बग्गी क्षेणिक समयका लागि भने प्रति व्यक्ति एक हजार शुल्क तोकिएको छ । सो शुल्कमा करीब १० मिनेटमा कुनै नजिकको ठाउँमा पुगेर फर्किनमात्र पाइन्छ ।

बग्गीको अगाडिको भागमा भने चालक बस्ने ठाउँ छ । बग्गीमा सवार गर्ने परिवार लक्षित गरेर प्याकेज तयार भइरहेको शर्माले बताए । उनका अनुसार प्रति घण्टा परिवारिक प्याकेज हाललाई १० हजार कायम गरिएको छ ।

शर्माले नेपाली महिला बग्गी चालक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । बग्गी र घोडासम्बन्धी चासो र ज्ञान भएको महिलालाई बग्गी चालक बनाएर रोजगार दिने आफ्नो योजना रहेको उनको भनाई छ । उनले भने,’मेरो सोंच भनेको महिला बग्गी चालक उत्पादन गर्ने हो, तपाईंको समाचार देखेर कोहि इच्छुक भए सम्पर्क गराइदिनुहोला ।’

नेपाल विजनेस एण्ड ईमिग्रेसन फेसिलिटेड प्रा।ली।को नामबाट विगत १७ वर्ष देखि विदेशी लगानीको लागि परामर्श दिदै आएका शर्मा बग्गी ब्यबसायमा प्रवेश गरेका हुन् । नेपालमा बग्गी ब्यबसायको राम्रो सम्भावना रहेको बताउने शर्मा चाँडै बुटवलमा पनि बग्गी ब्यबसाय सञ्चालन गर्ने योजनामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१