डन्डिफोरले तनाव दियो ? यस्तो छ घरेलु उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७४, आईतवार १८:५०

डन्डिफोरले तनाव दिन्छ, सायद डन्डिफोर आएका सबैलाई थाहा छ । यो समस्या भएकाहरू सहजै रूपमा अरूको नजिक पर्नसमेत लाज मान्छन् । डन्डिफोरले सुन्दर बन्नबाट समेत रोक्छ । त्यसैले डन्डिफोर निको पार्न विभिन्न प्रकारका औषधि प्रयोग गरिन्छ । कतिपयलाई निको हुन्छ, कतिपयलाई जतिसुकै प्रयास गरे पनि हुन्न । लामो समयदेखि औषधि प्रयोग गर्दा पनि निको नहुँदा निराश पीडितहरूका लागि यी घरेलु विधिले ठीक पार्न सक्छन् । ध्यान दिएर अपनाउनुस् यी टिप्स ।बअलभ(ष्ल(धयmभल

जहाँ पनि पाउन सकिन्छ मह । यसले अनुहारमा भएका डन्डिफोरलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, यसबारेमा धेरैलाई उति धेरै थाहा छैन । तपार्इंको अनुहारमा जुन ठाउँमा डन्डिफोर छ त्यो ठाउँमा मह दल्नुहोस् । झन्डै १० मिनेटजति राखेर सफा पानीले धुनुहोस् । डन्डिफोरको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

 

केरा खान मात्रै होइन, अरू हिसाबले पनि गुणकारी फल मानिन्छ । केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ । यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ । लगाएको केही समयपछि पानीले धुनुपर्छ ।

एक कप पानीमा ल्वाङ राखेर उमाल्नुहोस् । उमालिसकेपछि केही बेर राखेर चिस्याउनुहोस् र ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस् । झन्डै आधा घन्टा राखेर चिसो पानीले धुनुहोस् ।

सायद यो कुरा धेरैलाई थाहा छ, डन्डिफोर आएको छ भने कागतीको रस लगाउनुपर्छ । तर, ध्यान दिनुहोस्, कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने डर हुन सक्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुहोस् ।

गोलभेडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ । गोलभेडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाउने र झन्डै आधा घन्टापछि सफा पानीले धुनुभयो भने डन्डिफोर हराउँछ । ( नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१