व्यवसायी सुनिल साहको गोलि हानि हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७४, बुधबार ०६:३५

सर्लाही । सर्लाहीको कबिलासी ३ पिपरिया मा अज्ञात समूहको आक्रमणबाट मंगलबार राति व्यवसायी सुनिल साहको हत्या भएको छ ।

२७ वर्षीय साह सुनचाँदी व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता राजेश थापाले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीका अनुसार,
(साह हरिपुर नगरपालिका पिडारी बजारमा व्यवसाय गर्दै आएका थिए ।
(उनी आफ्ना बुवासँगै पसल बन्द गरेर साँझ घर पिपरियातर्फ मोटर साईकलमा आउँदै थिए ।
(तीन जनाको समूहले बीच बाटोमा उनको मोटर साईकल रोके ।
(उक्त समूहले सुनचाँदीको ब्याग छोरा सुनिलसँग मागे ।
(साहले उक्त ब्याग दिन मानेनन् ।
(ब्याग नदिएपछि छोराको गर्दनमा गोली प्रहार गरेको बाबू नागेन्द्र साहले बताए ।
(छोरा लाई गोलि लागेको देखेपछि बाबु पनि अचेत भए ।
(उनीसँगै रहेको सुनचाँदीको ब्याग लिएर उक्त समूह भाग्न सफल भए ।
(घाईते सुनिलको उपचारका लागि जिल्ला अस्पताल मलङ्वामा पुर्याईयो ।
(उपचारकै क्रममा उनको ज्यान गयो ।

गोली हानी हत्यागरेको दाबी गरेको भए पनि पोस्टमार्टम रिपोर्टपछि वास्तविकता पत्ता लाग्ने प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक मौसुउद आलम खा नेतृत्वको टोलीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०