टानद्धारा लाङटाङमा १ करोड २७ लाखको परियोजना सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७४, बुधबार ०६:००

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान०ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको पदमार्ग मर्मत तथा ट्रस ब्रिज निर्माण कार्य सम्पन्न गरेको छ । टानले जम्मा एक करोड २७ लाख बराबर रुपैयाँ बराबरको सो परियोजना गत सेप्टेम्बर २०१७ मा सम्पन्न गरेको हो ।

‘रिस्टोरेशन अफ ट्रेकिङ एण्ड ट्रान्सपोर्टेसन ट्रेल इन लाङटानङ भ्याल्ली’ नाम दिइएको उक्त परियोजनाका लागि जर्मन अल्पाइन क्लब ९डीएभी०ले एक लाख युरो सहयोग गरेको थियो । त्यसमाथि दश प्रतिशत टानले आफ्नो आन्तरिक श्रोतबाट खर्चेको हो । सो परियोजनाका लागि डीएभी, टान र स्थानीय साझेदारी संस्था लाङटाङ म्यानेजमेन्ट एण्ड रिकन्ट्रक्सन कमिटी ९एलएमआरसी०बीच अप्रील २०१६ मा त्रिपक्षीय सम्झौता भएको थियो ।

टान प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङको संयोजकत्वमा अघि बढाइएको परियोजना टानका प्रशासन तथा मानव संसाधन व्यवस्थापक मछिन्द्र आचार्यले व्यवस्थापकको जिम्मेवारी सम्हाल्नुभएको थियो भने डीएभीको तर्फबाट कोष निर्माण गर्नेदेखि टानसँगको समन्वय गर्ने काम जलविद्युत ईञ्जिनियरसमेत रहेका डीएभीका क्रियाशिल सदस्य अष्ट्रियन नागरिक गुनार अमोर रहनुभएको थियो ।

परियोजना सम्पन्न भएको जानकारी दिन मंगलबार टान सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परियोजनाका संयोजक तथा टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले ५ भागमा विभाजन गरी प्रत्येक भागमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण र मर्मत कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । गुरुङले डीएभीलगायत परियोजनामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

द्दद्दद्धण्टघछट)ज्ञटटघज्ञज्ञडघघठण्ठण्द्धछढ)टडडटद्दटद्दण्ण्डडज्ञद्दटण्द्दद्धटछ)लउहाँकाअनुसार परियोजनाअन्तर्गत छुनाम र घोडा तबेला बीचको भागमा डाइभर्सन गरी पदमार्ग तयार गर्न समुद्री सतहदेखि २ हजार ८५४ मिटरको उचाईमा रहेको छुनामममा ३२ मिटर लामो ट्रेल ल ट्रस ब्रीज निर्माण गरिएको छ । उक्त पुलको निर्माण कार्य सम्पन्न भएपछि गत ४ अक्टोबर २०१७ मा डीएभीका उपाध्यक्ष जुर्गेन इप्पल र टान महासचिव कर्ण लामाले गर्नुभएको थियो । उदघाटन समारोहमा जर्मनका विभिन्न सञ्चारमाध्याममा कार्यरत ८ सञ्चारकर्मीसहित१३ सदस्यीय डीएभी प्रतिनिधिमण्डल लाङटाङ पुगेको थियो ।

त्यसैगरी लाङटाङ क्षेत्रमा अवस्थित शेर्पा गाउँदेखि घोडातबेलासम्मको भागमा पदमार्ग मर्मत, चौडा गर्ने, सिडी निर्माण गर्ने तथा पहिरोमा ग्याविन राख्ने तथा स्याल्याब राख्ने काम गरिएको छ भने अर्को भाग लाङटाङ खोला पुलदेखि रिम्चेसम्मको भागको पदमार्गमा ग्याविन राखी पहिरो र बाढिको प्रभाव कम गर्न तथा सिडी निर्माण गरिएको छ ।

त्यस्तै लाङटाङ उपत्यकाको घोडा तबेलादेखि क्यान्जिङ गुम्बासम्म विगे्रभत्किएका पदमार्ग मर्मत गर्ने र हिम पहिरोबाट छोपिएको लाङटाङ गाउँ नजिकको पहिरो सफा गरी पदमार्ग खोलियो । अनि पहिरो र वाम्बुबीचको भागमा पहिरोहरुमा बाटो खोल्ने चौडा गर्ने र सिडी निर्माणको काम पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै टान अध्यक्ष चन्द्र रिजालले परियोजनाको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । राज्यस्तरबाट पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिदै उहाँले टान जस्तो संस्था सदैव पर्यटन प्रवद्र्धन र विकासमा कटिबद्ध भएर लागिरहेको जिकिर गर्नुभयो ।

सोही अवसरमा टानका महासचिव कर्ण लामाले डीएभीको योगदानले लाङटाङको पर्यटन गतिविधिलाई पुनर्जीवन दिने काम गरेको भन्दै यसकै माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१