विप्लव माओवादीका कार्यकर्ता एमालेमा प्रवेश

पर्यटन क्षेत्रसँग निकट तथा विप्लव माओवादीसँग आवद्ध व्यक्तिहरुको ठूलो सङ्ख्या नेकपा एमाले अन्तर्गत राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गरेको छ ।
काठमाण्डौँस्थित संगठनको आज बसेको बैठक पश्चात एक विशेष कार्यक्रमको अवसरमा नेकपा एमाले पर्यटन प्रबद्र्धन विभाग प्रमुख सुर्य थापाले उनीहरुलाई पाटी प्रवेश गराउनुभएको हो । कार्यकर्ता प्रवेशपश्चात खुसी व्यक्त गर्दै विभाग प्रमुख थापाले देशैभर नेकपा एमालेको लहर आएको बताउँदै लोकतन्त्र र राष्ट्रिय अखण्डता बचाउन एमालेलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।
संगठनको बैठकले सात वटै प्रदेशमा प्रदेश कमिटी गठन गरी काठमाण्डौँमासमेत विशेष उपत्यका कमिटी गठन गरी हरेक जिल्ला तहसम्म सञ्जाल विस्तार गर्ने निर्णय गरेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सचिव तथा प्रचार विभाग प्रमुख अञ्जन थापाले जानकारी दिनुभयो ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री