धादिङमा बस दुर्घटना, ४३ जना घाइते, केहिको अवस्था गम्भीर

धादिङ । गुम्दीबाट सदरमुकाम आउँदै गरेको बस मंगलबार अपराह्न नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपतिडाँडामा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते भएका ४३ मध्ये ७ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बा ३ ख ४७८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । गम्भीर घाइतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौं पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अन्य घाइतेको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री