निर्वाचन मिति सार्ने सरकारी कसरतले फेरी राजनीतिक बृत्तमा हंगामा

काठमाडौं।  आगामी मंसिर १० र २१ गतेलाई तोकिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति सार्ने सरकारी कसरतले फेरी राजनीतिक बृत्तमा हंगामा मच्चिएको छ ।

विगतको सरकारले निर्वाचन मिति सारेको नजिर रहेको भन्दै बाम गठबन्धन बनेपछि कांग्रेसले आफू कमजोर बनेको महशुस गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० गतेको निर्वाचन सारेर एकै चरणमा मंसिर २१ मा गर्ने प्रस्ताव गरेको बताइएपछि यसले राजनीतिक बृतमा चर्चा पाएको हो ।
तर, प्रतिपक्षी दलहरुले भने प्रधानमन्त्री देउवाको यो कसरत बाम गठबन्धन भत्काउन षडयन्त्रमुलक ढंगले आएको टिप्पणी गरेका छन् ।

उनीहरुका अनुसार देउवाले सुरुमा मंसिर १०को निर्वाचन २१ मा गर्ने भनेर सार्ने र त्यसपछि फेरि अर्कोपटक सारेर बैशाख–जेठमा पुर्याउने खेलमा लागेको हुनसक्ने आशंका गर्दै कुनै हालतमा निर्वाचन नसार्न सरकारलाई चेतावनीको भाषामा दवाव दिएका छन् ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री