इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७४, मंगलवार ०६:११

काठमाडौं।  आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू गरेका छन् । यस सेवामार्फत भारतमा रहेका नेपालीहरूले वाइजम्यानका दुर्इ सय शाखा सहित १४ हजारभन्दा बढी एजेन्टमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

वाइजम्यानबाट पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतको आरबीएल बैंकले सहजीकरण गरेका छन् ।
‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको छ,ुआईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने,ुभारतमा आयोजित सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका आफन्तलाई भुक्तानी गर्न सहज हुनेछ ।ु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१