एसएसपीलाई गौचन ‘सुटर’को फोन कल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७४, मंगलवार ०५:५३

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमा गौचनलाई गोली हानी हत्या गर्ने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरी जिम्मेवारी लिएका छन्। आफूलाई लोप्साङ लामा नाम बताउने व्यक्तिले एसएसपी थानुकलाई सोमबार साँझ फोन गरेको हो ।

‘प्रइभेट नम्बरबाट सवा चारबजेतरि आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले फोन गरेर घटनाको आफूले गराएको दाबी गर्यो’, एसएसपी धानुकले भने, ‘मागेको पैसा नदिएकाले गोली हानेको उसको भनाइ थियो।’

देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंमा हत्या भयो । नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो।

तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्योइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले काठमाडौंबाट बाहिर जाने नाकाहरुसमेत कडा चेकजाँच गरी हत्याराको खोजी गरिरहेको छ।

अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन
प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो भएको गौचन हत्या घटना छानवीन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा विशेष व्युरोका एसएसपी शेरबहादुर बस्नेत, डिएसपी अजय केसी, अंगुर जिसी तथा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी सदस्य छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१