बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७४, मंगलवार ०५:३७

आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं । निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छ:

१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी , आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।

२. गहुँको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।

३. दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।

४. मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।

५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।

६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।

७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।

८. हरियो मरिच वा कालो मरिच खानामा राखी खानाले तौललाई घटाउन सक्दछ । एक खोजअनुसन्धानमा पाईएको छ की तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाईने तत्व कैप्साइसिनले गर्दा चाडैं भोक लाग्दैन । जस्ले गर्दा तौल घटाउन मद्धत पुग्छ ।

९. एक चम्चा पुदिनाको रसलाई २ चम्चा महसँग मिलाउनुहोस् । र यसलाई नियमित रुपमा प्रयोग गर्नाले मोटोपन घट्दछ ।

१०. सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै मात्रामा गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँदछ। पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्दछ ।

११. खानासँगै गोलभेडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन सी , भिटामिन ए , भिटामिन के , आइरन, पोटासियम , लाइकोपीन र ल्युटिन प्राप्त हुन्छ । यसलाई खानाले पेट चाडैं भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।

१२. विहान उठ्ने बितिक्कै २५० ग्राम गोलभेडाको रस २–३ महिनासम्म पिउनाले पेट भित्र पस्दछ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१