यस्ता छन् अमलाको ९ आश्चर्यजनक फाईदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७४, मंगलवार ०५:२६

सिजनमा अमला खानु भएको छ ? अमिलो हुन्छ है ? खान मन लाग्दैन होला ? तर त्यसको फाईदा थाहा भईदिएको भए तपाई अमलालाई खोजी खोजी खानु हुन्थ्यो ।

अमला हाम्रो शरीरका लागि निकै फाईदाजनक हुन्छ । अमला बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ ।

अमला अति स्वस्थकर फल हो । यसको सेवनबाट कब्जियत निको हुने देखी आँखाको दृष्टि शक्ति बढाउनमा निकै फाईदाजनक हुन्छ । हामीले केही फाईदाहरु तल उल्लेख गरेका छौँ ।

१. कब्जियत
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

२. अरुचि
दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

३. रगत बग्ने
रगत बढी बग्ने समस्याहरु जस्तै ः नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने, अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

४. शरीरको गर्मीपना हटाउन
जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

५. चिलाउने समस्या
सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन घटेर जान्छ ।

६. आँखाको दृष्टिशक्ति बढाउन
अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

७. स्वास गन्हाउने
अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

८. कपालको चाया
हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

९. भिटामिन सीको कमी पूरा गर्न
अमलामा भिटामिन सी प्रसस्त पाईने भएकाले स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोगबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१