अध्ययन भन्छ– उमेरभन्दा ७ वर्ष जवान बन्न सेक्स निकै महत्त्वपूर्ण हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७४, सोमबार ०६:४७

के तपाईं नियमित सेक्स गर्नुहुन्छ ? यदि गर्नुहुन्न भने एकपटक सोच्नैपर्छ । सेक्सले मानिसलाई जवान रहन मदत गर्ने एक अनुसन्धानले देखाएको छ ।

डाक्टर वीकले गरेको १० वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने, जोडीको यौन जीवनले पनि जवान देखिन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन्, उनीहरू आफ्नो उमेरभन्दा करिब ५–७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।

ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्वप्रमुख डाक्टर वीक भन्छन्, ‘हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाबारे थाहा हुनु जरूरी हुन्छ ।’

मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौं महिला तथा पुरुषसँग यस विषयमा शोध–अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्रायः ४० देखि ५० वर्ष उमेरका महिला तथा पुरुषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागेअनुसार जति मानिस डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए, उनीहरूले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।

उनीहरू हप्तामा कम्तीमा तीनपटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन्, ‘जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्त्वपूर्ण पाटो हो ।’

किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?

– सेक्सक्रममा एन्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ । र, यसले तनावबाट मुक्त गर्न समेत मदत गर्छ ।

– सेक्स एक व्यायामजस्तै हुन्छ, जसले रक्तसञ्चार बढाउँछ । र, यसले शरीरलाई फाइदा पु¥याउँछ । शरीरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईंको छालामा समेत चमक आउँछ ।

– सेक्सक्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।

–सेक्सले तपाईंको थकाइलाई समेत कम गराउँछ । र, मिठो निन्द्राको आनन्द दिलाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१