पूर्व मन्त्रि एकनाथ ढकाललाइ लाई मातृ शोक

चितवन। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाइ मातृ शोक परेको छ । उहाँको ८२ बर्षे आमा टंक कुमारी ढकालको आज चितवनमा उपचारको क्रममा निधन भयको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । केहि समय देखि दमको रोगबाट पिडित टंक कुमारी ढकालको भरतपुरको चितवन अस्पताल प्रा.ली. मा  उपचार गरियको थियो। टंक कुमारीको निधन दमको साथै निमोनियाको कारणले भयको अस्पताल श्रोतले जनायको छ ।  मृतक टंक कुमारी ७ छोरि तथा दुइ छोराको आमा हुनुहुन्छ । “परिवारजनको बिचमा शान्त बातावरणमा आमाको स्वर्गारोहण भयो” कान्छो छोरा धर्म प्रसाद ढकालले बताय । मृतक टंक कुमारीको हिन्दु परम्परा अनुसार दाहसस्कार तथा दुइ छोराले काजक्रिया गर्ने ढकालको पारिबारिक श्रोतले जनायका छन् । व्यबस्थापिका संसद्को सांसद समेत रहेका ढकाल  बिगत केहि दिनदेखि आमा संगै चितवनमा हुनुहुन्छ । ढकाल परिवारलाइ संवेदना दिन इच्छुकले पूर्व मन्त्री ढकालको स्वकीय सचिब जितेन्द्र श्रेष्ठको टेलिफोन नम्बर ९८५१००४२९९ मा सम्पर्क गरेर वा इमेल eknathsecretariat@gmail.com मार्फत दिन सक्ने उहाँको सचिवालयले जनायको छ ।

आइतवार, अशोज २२, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री