ड्राइ फ्रुट कति स्वस्थकर ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७४, शनिबार ०६:३६

७ ग्राम फाइबर हुन्छ । सुख्खा फलफूलमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन बी फोलेट पनि पाइन्छ ।१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ।
तर, यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तो कि एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ।मधुमेह रोगीका लागि भने सुख्खा फलफूल खाने तरिका केही फरक हुन्छ। ‘अधिकांश पोषणविद्ले मधुमेहका बिरामीका लागि २ चम्चा (करिब १५ ग्राम) सुख्खा फलफूललाई एक पटकको कार्बोहाइड्रेटयुक्त भोजन मान्न सुझाउने गरेका छन्,’ पोषणविद् तथा मधुमेह एजुकेटर लोरी जानिनी भन्छिन्। जस्तैः २ चम्चा मुनक्का १५ ग्राम कार्बोहाइड्रेट बराबर हुन्छ । तर, त्यति नै मात्रामा कार्बोहाइड्रेट पाउन आधा कप अंगुर खानुपर्ने लोरीको भनाइ छ । यति कार्बोहाइड्रेटका लागि आधा बेलायती खरबुजा (१८ ग्राम कार्बोहाइड्रेट) खानुपर्छ।समग्रमा सुख्खा फलफूल पोषणयुक्त, सुविधाजनक र बोक्न सजिलो खाजा हो । अझ यसलाई विभिन्न किसिमका बदामसँग मिसाएर खाए अझ वेश हुन्छ। तर, कतिपय सुख्खा फलफूलमा कृत्रिम चिनीको मात्रा थपिने तथा चिनीको लेपन हुनाले सुख्खा क्रेनबेरी, सुख्खा भुइँकटहर खाँदा भने केही सचेत हुन आवश्यक छ । त्यस्तै, सल्फाइटको एलर्जी भएका वा दमका बिरामीले भने सल्फर डाइअक्साइड नभएका अर्गानिक सुख्खा फलफूल खानु वेश हुन्छ।। स्वास्थ्य खबरपत्रिकाहरिया र रसिला फलफूल देख्दा जति आकर्षक हुन्छन्, स्वास्थ्यको दृष्टिले उत्तिकै पोषिला पनि हुन्छन् भनेर हामीलाई थाहा भएकै कुरा हो । त्यसको तुलनामा ड्राइ फ्रुट (सुक्खा फलफूल) को महत्व पनि कम छैन । चाउरी परेका ड्राइ फुट ताजा फलफूलको तुलनामा बढी पोषणयुक्त हुन्छन्।हामी चर्चा गर्दै छौं, काजु, किसमिस, पिस्ता बदाम, कागजी बदाम र छोकडा जस्ता सुख्खा फलफूलको । यी फलफूलको बढी पौष्टिक हुनुको कारण के हो भने, पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ घना हुन्छन् ।ताजा आरुमा जम्मा १। ६ ग्राम मात्र फाइबर पाइन्छ भने आधा कप सुख्खा आरुमा ४।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१