सँधैं जवान : बुढौलीबाट बचाउने खानपान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७४, शनिबार ०६:२९

जिब्रोले स्वाद चाख्छ । आँखाले यौवन दाँज्छ । तन बुढो भए नि मन बुढो हुँदैन । तर मन मात्र होइन तन नै युवा बन्न भने जिब्रोसँग सम्झौता गर्नै पर्छ । गाला चाउरी भयो, आँखा धमिलो देखियो, दाँत फुक्लियो, कान मधुरो सुनियो, स्वर धोद्रो हुँदै गयो, हात गोडा कम्न थाले र ढाँड कुप्रियो चिन्ता लिन छाड्नुहोस् । बरु जिब्रोको स्वाद त्यागेर मन मस्तिष्क र तनको हेरचाहमा ध्यान दिनुहोस् पुनःर्यौवन प्राप्ति हुन्छ । सधैं यौवन बनीरहने खानपानमा परिवर्तन ल्याउनुहोस् । जीवनशैलीमा परिवर्तन ल्याउनुहोस् । पुनःर्यौवनदायी पाँच खाद्य :

१. बदाम

बदाम खानु शरीरको लागि निकै फाईदाजनक हुन्छ । बदाम प्रोटिनको भरपुर श्रोत पनि हो । बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ । बदाममा भिटामिन ई, भिटामिन के र भिटामिन बी ६, तामा, फलाम, फस्फरस, र हेमोग्लोविन पाइन्छ । यी पोषणहरुको फाइदा लिन प्रत्येक दिन रातो छिल्का भएको कम्तीमा पनि २० दाना बदाम खानुपर्छ । कब्जियत, श्वासप्रश्वास, छालाको रोग र नपुंसकता हटाउन महत्वपूर्ण भूमिका खेल्दछ । मस्तिष्क, नसाको तन्तु, हाड, कलेजो र मुटुलाई बलियो बनाउँछ ।

२. मह

मह यौवनदायी खाद्य हो । यसमा २२ प्रकारको यमिनो एसिड, २८ प्रकारको खनिज लक्षण,११ प्रकारको इन्जाइन, १४ प्रकारको तैलीय पदार्थ र११ प्रकारको कार्बोज जाति रअन्य धेरै प्रकारको अदृश्य यौवन विकासको तत्वहरु पाइन्छन् । यो सबै प्रकारको रोगको औषधि हो । ताप र उर्जाको उत्तम स्रोत भएको हुँदा बुढौलीको शत्रु पनि हो ।

३. फलफूल

स्वास्थ्यको लागि स्याउ, केरा, अम्बा, अमला बरदान नै हो भन्दा फरक नपर्ला । यिनीहरुमा प्रोटीन तथा भिटामिन, मिनरल्स, क्षार र सुपाच्य कार्वोहाइड्रेडहरु प्रसस्त मात्रमा पाइन्छ र यो रसिलो सुन्दर फलले रगतमा हुने हानिकारक कोलेस्ट्रल घटाउन समेत मदत गर्दछ । जसको फलस्वरूप ब्लडप्रेशरलाई सामान्य बनाई राख्न समेत सहयोग गर्दछ । स्याउमा पेक्टिनको सजिलै घुल्ने रेशाहरु प्रसस्त हुन्छन, जसले रगतमा भएको कोलेस्ट्रलको मात्रलाई घटाउने काम गर्दछ र शरीरको लागि ब्याक्टेरिया निरोधकको काम गर्छ । रक्ताल्पता, क्याल्सियम, रगतमासी, पखला, ब्लडप्रेसर, वाथ, दम, मृगौलाको तथा आँखाको समस्यामा अतिउपयोगी हुन्छ । शरीर सुगठित र मस्तिष्कलाई पोषण दिन्छ । त्यसै गरी अमला पनि पुनःर्यौवनको प्राप्तिको लागि अचुक खाद्य हो ।

४. सागपात

चौलाईलाई कतै कतै साइँली साग पनि भनिन्छ । बन्दागोभी र चौलाईको साग खाँदा जवानी बौरिन्छ । भिटामिन ए, बी, सी, क्याल्सियम, पोटासियम र फलाम तत्व पाइन्छ । यी सागपात कब्जियत, मन्ददृष्टि, रुघाखोकी, अल्सर, श्वास रोगको लागि अति उत्तम खाद्य हो । शरीरको सफाई र मांसपेशी र हाडको तन्तु बुढो हुनबाट रोक्दछ ।

५. पेया पदार्थ

दही, शरीरबाट व्याक्टेरिया हटाउन र आन्द्रालाई स्वास्थ राख्न, अनिन्द्रा हटाउनका साथै हेपाटाइटिस र जण्डिस भएको बेला खाने उपयुक्त पेया पदार्थ हो । यौवन जोगाउने अर्को अचुक पेय पदार्थ गहुँ र जौको जमराको रस पनि हो । भिटामिन बी र इ, क्लोरोफिल नामक तत्व पाइने हुँदा रोगका किटाणुसँग लड्ने बलियो शक्ति यसमा हुन्छ । जमराले छाला, आन्द्रा, श्वासको रोग र क्यान्सर निको पार्ने क्षमता राख्छ । हिजोआज गहुँ र जौको जमरा बार्ली एक्स्ट्रक्टको नाममा धुलो पिठो, क्याप्सुलमा समेत पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१