अम्बा खानु भएको छ ? अम्बका १२ फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७४, शनिबार ०६:०९

मध्य अमेरिकामा उत्पन्न भएको विश्वास गरिएको अम्बा नेपालमा प्राय : वर्षायामपछि पाइन्छ । अम्बा पोषणको ‘पावरहाउस’ हो, जसमा भिटामिन सी, लिसोपिन र एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । अद्धितीय स्वाद र फाइबरयुक्त यस फलले स्वास्थ्यमा अत्यधिक फाइदा हुन्छ भने छालाका लागि फाइदाजनक हुन्छ । अम्बामा पाइने फोलेट र खनिज तत्वले प्रजनन क्षमता वृद्धि हुन्छ । अम्बामा पाइने पोटासियमले रक्तचापलाई सामान्य गर्न सहयोग गर्न । केरा र अम्बामा उत्तिकै मात्रामा पोटासियम पाइन्छ । यसमा ८० प्रतिशत पानीको मात्रा हुने भएकाले छालालाई हाइड्रेट गर्न सहयोग गर्छ ।

अम्बाका यी फाइदा
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ– अम्बामा भिटामिन सीको मात्रा अत्यधिक हुन्छ । यसमा सुन्तलामा भन्दा चार गुणा बढी भिटामिन सी पाइन्छ । यसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै सामान्य संक्रमणबाट बचाउँछ ।

१. डायबिटिज मैत्री– फाइबर बढी पाइने र ग्लाइसिमिक इन्डेक्स न्यून हुने भएकाले अम्बाले मधुमेहको विकास हुन दिदैंन । फाइबरले सुगर लेभल नियमित गर्ने सुनिश्चित गर्छ ।

२. क्यान्सरको खतरा घटाउछ– अम्बामा पाइने लिसोपिन, क्वेर्सिटिन, भिटामिन र अन्य पोलिफेनल तत्वहरु एन्टिअक्सिडेन्टको काम गर्छन्, जसले शरीरमा उत्पन्न हुने तत्वलाई रोक्छ, जसले क्यान्सरका कोष बढ्न दिँदैंन ।

३. कब्जियतको उपचार गर्छ– यो फाइबरको प्रमुख स्रोत हो । एउटा अम्बाले मानिसलाई दिनभरिमा चाहिने फाइबरको १२ प्रतिशत पूर्ति गर्छ । यसको बियाँ पूरै चपाउनाले उत्कृष्ट ल्याक्सेटिभ (मुलायम गर्ने तत्व) को काम गर्छ ।

४. आँखाको दृष्टिमा सुधार ल्याउँछ– भिटामिन ए पाइने भएकाले यसले नेत्र स्वास्थ्यका लागि राम्रो गर्छ । यस्तै, मोतिविन्दुलाई ढिला गर्छ ।

५. तौल घटाउन सहयोगी– यसमा हुने प्रोटिन, भिटामिन र फाइबरले तौल घटाउनका साथै मोटाबोलिजम नियमन गर्न सहयोग गर्छ । यसमा स्याउ, सुन्तला, अंगुरको तुलनामा कम सुगर हुन्छ ।

६. खोकी र चिसोको उपचार– अन्य फलफुलभन्दा यसमा भिटामिन सी र आइरन बढी पाइन्छ, जसले चिसो र भाइरल इन्फेक्सन रोकथाम गर्छ ।

७. छाला चाउरिन दिँदैंन– भिटामिन ए, भिटामिन सी र क्यारोटिन र लिसोपिनजस्ता एन्टीअक्सिडेन्ट पाइने भकाले यसले छाला चाउरिन दिँदैंन ।
अम्बाका अन्य फाइदा

८. दिमाग बढाउन उपयोगी

९. दाँतका किटाणु मार्छ र संक्रमणविरुद्ध लड्छ

१०. गर्भका बेला उपयोगी

११. अनुहारमा चमक ल्याउछ

१२. मुटुका लागि स्वस्थकर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१