कंगना–ऋतिक झगडा झन् चर्कियो, नयाँ फोटो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७४, शनिबार ०६:०५

नयाँ दिल्ली।  कंगना रनोट र ऋतिक रोशनबीचको विवाद झन् अगाडि बढेको छ। कंगनाको आरोपमाथि बिहीबार ऋतिकले पहिलोपल्ट प्रतिक्रिया दिएका थिए। तर, शुक्रबार बिहान कंगनाकी बहिनी रंगोली चंदेलले ट्विटरमार्फत एउटा फोटो सार्वजनिक गरेपछि विवाद अन्त्यतिर होइन, झन बढ्ने देखिएको छ।

ऋतिकले आफूले प्राइभेटमा कंगनासँग कहिल्यै नभेटेको स्पष्टीकरण दिएका थिए। तर, रंगोलीले आरोप लगाएकी छिन्, ऋतिक झुटो बोल्दैछन्। उनले फेसबुकमा पहिले ऋतिक र कंगनाबीच भएको संवाद र जोडिएर बसेको एउटा तस्बिर पोस्ट गरेकी छिन्।

‘तपाईले फोटोसपबाट मिलाएको फोटो कंगनाले सार्वजनिक गरेको आरोप लगाउँदै हुनुहुन्थ्यो। यदि तपाईंले यो तस्बिरको कुरा गर्नुभएको हो भने, तपाईलाई थाहा हुनुपर्ने कसले यो फोटो सार्वजनिक गर्‍यो,’ उनले लेखेकी छिन्।

उनले थप अर्को ट्विटमा लेखेकी छिन्, ‘तस्बिरमा तपाईं होइन, जो कंगनाको कम्मरमा हात राखेर बस्नुभएको छ र उसको गर्धन सुँघिरहनुभएको छ। तर, कंगनाले तपाईंलाई वास्तै गरेकी छैनन्।’

रंगोलीले श्रीमती हुँदाहुँदै ऋतिकले अन्य महिलासँग अफेयर गर्ने गरेको आरोपसमेत लगाएकी छिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१