बुटवलमा सराँय नाच प्रदर्शन (तस्वीरसहित)

बुटवल । पश्चिम नेपालको पहाडी जिल्लामा प्रचलित सराँय नाच बुटवलमा प्रदर्शन गरिएको छ । दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल देविनगरमा प्रदर्शन गरिएको हो ।

पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उदेश्यले बुटवलमा विगत सात बर्षदेखि सराय नाँच देखाउन थालिएको हो ।

भाला, खुकुरी र बाजागाजासहित सराय नाच देखाइएको थियो । लुम्बिनी बाणिज्य क्याम्पस प्राङगणमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको विगत ७ बर्षदेखि सराय नाँच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताए ।

परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको उनको भनाई छ ।

गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।

पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ ।

बुटवल देविनगरमा सराय हेर्नका लागि मानिसहरुको बाक्लो भिड लागेको थियो । बुटवलमा नियमित रुपमा दशैंको पूणिर्माका दिन सराय नाच प्रदर्शन गर्ने गरिएको छ । सराँय नाच प्रदर्शन कार्यक्रममा मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक लोकानन्द स्वामिले उद्घाटन गरे ।

शुक्रबार, अशोज २०, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री