लामो श्वास लिनुहोस्, स्वास्थ्यलाई यस्तो फाइदा हुनेछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७४, बिहीबार ०७:१८

हामीहरू तनावमा हुँदा हामीलाई मान्छेले लामो सास लिनुस् भनी सल्लाह दिन्छन् । बेस्सरी रिस उठेका बेलामा यस्तो उपदेश सुन्दा झर्को लागेर आउँछ। तर हालै गरिएको वैज्ञानिक अनुसन्धानले यसरी गहिरो सास लिनु स्वास्थ्यका लागि लाभदायक हुने बताएको छ।

बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाकबाट लामो सास तान्दा तपाईंको दिमाग बलियो हुन्छ र स्मरणशक्ति बढ्छ।

तर तपाईं नाकले सास तान्नुहुन्छ कि मुखले भन्ने कुराले यसलाई फरक पार्छ।

सास फाल्दा भन्दा पनि लिँदा चाहिँ मान्छेले कुनै कुरा राम्ररी सम्झने अनुसन्धानले देखायो । मुखबाट सास लिँदा भने स्मरण नबढ्ने देखियो।

परीक्षणमा भाग लिएका मान्छेलाई कुनै चित्र देखाएर सास लिन लगाइयो। निकै पछि उनीहरूलाई त्यो चित्रका बारेमा बताउन लगाउँदा उनीहरूले दुरुस्तै बताए।

विपश्यना ध्यान गर्दा सासमा विचार पु-याइन्छ र त्यसले शरीरलाई धेरै फाइदा दिन्छ। त्यसैगरी दैनिक जीवनमा पनि लामो सास लिनुका धेरै फाइदा देखिनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१