यो हो विश्वकै सबैभन्दा अग्लो लिफ्ट, तर डेढ मिनेटमै पुगिन्छ टुप्पोमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७४, बुधबार ०६:४६

एजेन्सी । प्रविधिको दुनियामा हरेक दिन विश्वमा नयाँ नयाँ खोज भइरहेका छन् । यस्तै वैज्ञानिक खोज तथा अनुसन्धान अनि निर्माणको जगतमा चमत्कार गरिरहेको चीनले भवन भन्दा बाहिर रहेको विश्वको सबैभन्दा अग्लो लिफ्टको किर्तिमान पनि आफ्नै नाममा राख्न सफल भएको छ ।
चीनको हुनान प्रान्तस्थित बाइलंग एलिभेटर विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।
पहाडको काखबाट सुरु भएर पहाडको टुप्पोसम्म पुगेको यो लिफ्टमा चढ्नेहरुले प्रकृतिको सुन्दर छटा अवलोकन गर्ने सौभाग्य प्राप्त गर्न सक्छन् ।

Related image

यो लिफ्ट ३ सय २६ मिटर अर्थात् झण्डै एक हजार फिट अग्लो रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार यो विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।
यो लिफ्टमा तिनवटा डबल डेकर एलिभेटर लगाइएका छन् र हरेक एलिभेटरको भार बहन क्षमता ४ हजार ९ सय किलो रहेको छ ।
झण्डै एक हजार फिट अग्लो रहेको यो एलिभेटरको गति यति तिव्र छ की फेँदबाट टुप्पोसम्म पुग्न जम्मा १ मिनेट ३२ सेकेण्ड मात्र लाग्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१